
पोखरा स्पोर्टस । हङकङमा सम्पन्न तेक्वान्दोमा नेपालले सफलता प्राप्त गरेको छ । हङकङ तेक्वान्दो एशोसियसनको आयोजनामा यहि मार्च ४ र ५ तारिख सम्पन्न २७ औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालले कुल ९ पदक जित्न सफल भएको हो ।

नेपालले पुम्से तर्फ रजत पदक जितेको छ । नेपालकी रेख मायाँ गुरुङले सिनियर ३१–४० वर्ष उमेर समुहको प्रतिष्पर्धामा रजत पदक जित्दा जुनियरतर्फ एरिक रानाले १०–११ वर्ष उमेर समुहको पुम्सेमा काश्य पदक हात पारे । उनीहरु दुवै पोखराका खेलाडी हुन् ।
यसै गरी क्योरोगी जुनियर महिला ४२ केजी तौलमा प्रिया पुनले रजत पदक जितेकी छन् भने सिनियर पुरुष ६३ केजीमा बिमल रोकायले रजत पदक हात पारे ।
दुई दिन सम्म चलेको प्रतियोगितामा सिनियर ५४ केजी मुनी तौलतर्फ जस्टिन गुरुङले रजत, जुनियर पुरुष ७३ केजी तौलमा जेनिश गुरुङले रजत, सिनियर पुरुष ८७ केजी तौलतर्फ प्रदिप गिरीले काश्य, सिनियर पुरुष ८७ केजी तौलमा प्रदिप कंडेलले रजत र सिनियरतर्फ ओम प्रकाश गुरुङले काश्य पदक हात पारेका छन् ।
राजु खडका प्रशिक्षक रहेको नेपाली टोलीमा कुमार लामा घिसिङ अफिसियलको रुपमा रहेका थिए । प्रतियोगितामा ९ देशको सहभागिता रहेको थियो ।
