अन्तर्राष्ट्रिय करातेमा नेपाललाई दुई स्वर्ण

पोखरा स्पोर्टस । नेपालले तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा २ स्वर्ण पदक जितेको छ ।

स्वर्णका अलावा नेपालले थप २ रजत पदक पनि जितेको हो । श्रीलंकाको रतनापुरा ईन्डोर स्टेडियममा भएको प्रतियोगितामा नेपालका ५ खेलाडी सहभागी थिए । नेपालका लागि ९ वर्ष उमेरसमूहमा सन्यम कँडेल तथा ७५ केजीमा कमरुद्दिन अलिले स्वर्ण पदक जिते । पुरुषोत्तम पोखरेल र शोभाखर पन्थ रजत पदकमा सिमित भए ।

मार्च ४ तारिखमा भएको प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान र श्रीलंकासहित ५ राष्ट्रको सहभागिता रहेको थियो ।

नेपाली कराते टोलिको नेतृत्व नेपाल कराते महासंघ महासचिव एवं दक्षिण एशियाली वादोरियो कराते महासंघका अध्यक्ष हरिशरण केसीले गरेका थिए । टिम ब्यबस्थापकमा जेनिश पन्थी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close