नेपाली खेलकुदलाई गति दिन ‘स्पोर्टस लिडर्स समिट’

पोखरा स्पोर्टस । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले नेपाली खेलकुदलाई गति दिन ‘स्पोर्टस लिडर्स समिट’को आयोजना गर्ने भएको छ ।

उक्त कार्यक्रम काभ्रेको धुलिखेलमा यहि फाल्गुण १९ र २० गते धुलिखेलमा आयोजना हुने भएको हो । मुलुकको राजनितिक अस्थिरता, खेलकुद विकास ऐनले खेलकुदमा देखिएको सक्रमणकालिन अवस्थालाई चिर्न नेपालमा नै पहिलो पटक यस्तो कार्यक्रम आयोजना गरिएको एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले पोखरा स्पोर्टसलाई बताएका छन् । 

नयाँ खेलकुद विकास ऐन २०७७ आइसकेको दुई वर्ष विति सक्दा समेत संघिय संरचनामा खेलकुद अघि बढ्न नसकेको औल्याउँदै महासचिव श्रेष्ठले भने–“खेलकुद विकास ऐन आए पछि खेलकुदले गति लिन्छ की भन्ने सोचेका थियौं । तर त्यो हुन सकेन । राष्ट्रिय पहिचान बोकेको खेलकुद विगतकै शैलीमा रुमलिई रहनुले यूवाहरुमा वितृष्णा जागेको छ भने खेलाडी उत्पादन, प्रशिक्षण, भौतिक पूर्वाधारको निर्माण लगायत महत्वपूर्ण विषयहरु ओझेलमा पर्न सक्ने सम्भावना पनि उत्तिकै छ । हामीले यसलाई चिर्न पहल मात्र गरेका हौं । आशा छ यसले खेलकुद विकासका लागि भूमिका खेल्ने छ ।”

दुई दिने समिटमा सातै प्रदेशका खेलकुद मन्त्रीहरु, प्रदेश खेलकुदका सदस्य सचिवहरु, खेलकुद विज्ञहरु, विभिन्न राष्ट्रिय खेलकुद संघका अध्यक्षहरु, राष्ट्रिय खेलकुद परिषदका विभागिय प्रमुखहरु लगायतको सहभागिता हुने महासचिव श्रेष्ठले जानकारी दिए । दुई दिने समिटलाई जानकारी मुलक बनाउन प्रयास गरिएको बताउँदै महासचिव श्रेष्ठले केन्द्रिय सरकार र प्रदेश सरकारका मन्त्रीहरुलाई एकै ठाउँमा उपस्थित हुनुले पनि दुवै सरकारका विच खेलकुद विकासमा आपसी समझदारी बढाउन सकिने उनको भनाई थियो ।

मुलुकको संघिय संरचना निर्माण पछि पहिलो पटक खेलकुद विकासका लागि समन्वयकारी भूमिकाका लागि एनओसीले यस्तो पहल लिएको बताउँदै उनले भने–“झट्ट हेर्दा नेपालमा खेलकुदको राम्रै माहोल आएको हो की जस्तो देखिन्छ तर वास्तविक खाका आउन नसक्दा त्यो सबै ओझेलमा परेको छ ।” खेलकुदका पूर्वाधारहरु निर्माणहरु आवश्यक्ताका आधारमा निर्माण नहुनुले राज्यको लगानी खेर गइरहेको प्रति इंगित गर्दै महासचिव श्रेष्ठले भने–“अहिलेको आवश्यकता योजनावद्ध खेलकुद पूर्वाधारहरुको निर्माण हो । तर यहाँ लहडमा नै पूर्वाधार निर्माण भएका छन् । धेरै भन्दा धेरै खेल मैदान र हरेक प्रदेशका एक अन्तर्राष्ट्रिय खेलकुद पूर्वाधार निर्माण अहिलेको आवश्यक्ता हो । यो समिटले यो विषयमा समेत गहन छलफल हुनेछ भने राष्ट्रिय रुपमा नै खेलकुदलाई गति दिन प्रभावकारी भूमिका खेल्ने छ ।”

उक्त दुई दिने समिटको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने तय भएको एनओसीले जानकारी दिएको छ । दुई दिने समिटमा सातवटा छुट्टा–छुट्टै विषयमा कार्यपत्रहरु प्रस्तुत गरिने छ । कार्यक्रममा खेलकुद ऐन, खेलकुदको प्राथमिकता, खेल भौतिकपूर्वाधार, खेल प्रदर्शन र मनोविज्ञान, खेल सुरक्षा, ओलम्पिक अभियान, एन्टी डोपिङ र लैगिक समानताबारे चर्चा हुनेछ । यी विषयमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाका प्रतिनिधीहरु र नेपाली खेलकुद संग आवद्ध विज्ञहरुले प्रस्तुती गर्नेेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close