गण्डकी प्रदेशस्तरिय राष्ट्रपतिकप रनिङ्ग शिल्ड फागुन २० गते सुरु हुने

पोखरा स्पोर्टस । गण्डकी प्रदेशस्तरिय राष्ट्रपतिकप रनिङ्ग शिल्ड प्रतियोगिता फागुन २० गतेबाट सुरु हुने भएको छ ।

प्रदेश खेलकुद परिषदको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी सुरु गरिएको परिषदले जनाएको हो । प्रतियोगिताको उद्घाटन २० र २१ गते पोखरा रंगशालामा गरिने तय भएको प्रतियोगिताका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् ।

प्रतियोगिताको तयारीका लागि परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा खेल संघहरु संग आइतबार छलफल समेत सम्पन्न भएको संयोजक क्षेत्रीले जानकारी दिए । पालिका र जिल्लाबाट छनौट हुँदै प्रदेशस्तरिय प्रतियोगिताबाट फागुन २४ गते काठमाण्डौमा सुरु हुने राष्ट्रियस्तरको प्रतियोगिताका लागि गण्डकीबाट खेलाडी छनौट हुनेछन् ।

राष्ट्रपति रनिङ्ग शिल्ड अन्तर्गत छात्र/छात्रा भलिबल, कबड्डी, एथलेटिक्स, तेक्वान्दो, उशु र सितेरियो कराँतेका खेलहरु हुनेछन् । गण्डकी प्रदेशमा प्रतियोगिता फागुन २१ गते सम्म सञ्चालन हुने र २२ गते बन्द प्रशिक्षण हुने संयोजक क्षेत्रीले जानकारी दिए । बैठक बारे जानकारी दिंदै परिषदका कार्यालय प्रमुख तोपलाल भुसालले पहिलो चरणमा प्रतियोगिता व्यवस्थित गर्न संघका प्रतिनिधिहरु संग छलफल गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close