पोखरामा सम्पन्न ‘प्रथम केपी ओली सडक दौड’ रमन र संगिताले जिते

पोखरा स्पोर्टस । पोखरामा शनिबार सम्पन्न “प्रथम केपी ओली सडक दौड प्रतियोगिता” गोरखाका रमन भट्ट र पर्वतकी संगिता विकले जितेका छन् ।

नपाल खेलकुद महासंघ (नेकोस)गण्डकीले नेकोसको दोश्रो राष्ट्रिय महाधिवेशनको पूर्व सन्ध्यामा उक्त दौड आयोजना गरेको हो । उक्त दौडमा पुरुष तर्फको १० किमि दौडमा प्रथम हुने रमनले ३५ मिनेट १४.४२ सेकेण्डमा दुरी पार गर्दै नगद रु १० हजाार हात पार्दा दिनेश वोगोटीले ३६ मिनेट.३९.४५ सेकेण्डमा दुरी पार गर्दै दोश्रो भए । उनले नगद रु ७ हजार प्राप्त गरे भने दौडमा गोरखाका श्याम मगराती ३६ मिनेट २७.७९ सेकेण्डमा दुरी पार गरे । उनले नगद रु ५ हजार पाए ।

यता महिलातर्फको ५ किमि दौडमा पर्वतकी संगिता विकले २१ मिनेट २९.४४ सेकेण्डमा दुरी पार गर्दै पहिलो भइन् । उनले नगद रु७ हजार हात पार्दा दोश्रो हुने रश्मी रानाभाटले २१ मिनेट ४७.१७ मिनेटमा दुरी पार गरी नगद रु ५ हजार प्राप्त गरिन् । त्यसै गरी प्रतियोगितामा सरिता गुरुङले २३ मिनेट २१.०५ सेकेण्डमा दुरी पार गरि तेश्रो भइन् । उनले नगद ३ हजार प्राप्त गर्न सफल भइन् ।

यस अघि उक्त दौडको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका थिए ।

प्रतियोगितामा विजेता खेलाडीलाई नेकपा एमाले केन्द्रिय सदस्य तथा नेकोसका सह–इन्चार्ज रमेश कुमार पौडेल, नेकोसका केन्द्रिय अध्यक्ष कृष्ण बस्नेत ‘पर्शुराम’, गण्डकी प्रदेश एमाले उपाध्यक्ष एवम पूर्व गण्डकी प्रदेश सांसद मोहन रेग्मी, नेकोस उपमहासचिव शान्तामायाँ परियार, नेकोस गण्डकीका इन्चार्ज ऋषीराम गौतम, नेकोस गण्डकीका अध्यक्ष विष्णु पुन, प्रतियोगिता संयोजक वोधराज गिरी लगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close