पोखरामा राष्ट्रिय इपि फेन्सिङ प्रतियोगिता हुँदै

पोखरा स्पोर्टस । पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला महिला/पुरुष इपि फेन्सिङ प्रतियोगिता हुने भएको छ ।

पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको सहकार्यमा उक्त प्रतियोगिता भोली (शुक्रबार)बाट सुरु हुन लागेको हो । दुई दिन सम्म चल्ने प्रतियोगितामा करिव ६० जना खेलाडीको सहभागिता हुने कास्की फेन्सिङका अध्यक्ष विजय शाहीले जानकारी दिएका छन् ।

प्रतियोगितामा गण्डकी प्रदेश, सुदुर पश्चिम प्रदेश, बागमती प्रदेश र विभागिय टोली शसस्त्र प्रहरीको एपिएफको सहभागिता हुने भएको छ । पोखरा रंगशालाको वहुउद्धेश्यिय कभर्डहलमा हुने प्रतिगोगितामा पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीलाई जनही नगद रु १५ हजार, १० हजार र ५–५ हजार प्राप्त गर्ने आयोजक पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्काले जानकारी दिए ।

महानगरले आयोजना गर्न लागेको मार्शल आर्ट फेस्टिभल अन्तर्गत उक्त प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै सदस्य सचिव खड्काले प्रतियोगिताले नवौं राष्ट्रिय खेलकुद पछि खेलकुदलाई गति दिन समेत प्रभावकारी हुने बताए । “यो इपि फेन्सिङ विद्या परम्परागत मार्शल आर्ट विद्यामा पर्छ भने ओलम्पिक खेल समेत हो” उनले भने–“यस प्रतियोगिताले खेलाडीमा उत्साह ल्याउने छ ।”

यस संगै भोली शुक्रबार नै पोखरा महानगर खेलकुद विकास समितिले ह्विल चियर बास्केटबल प्रतियोगिता समेत आयोजना गर्ने भएको छ । उक्त प्रतियोगितामा एक महिला टिम तथा तिन पुरुष टिम गरी कुल चार टिमको सहभागिता हुने छ ।

फायल तस्विर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close