पोखरा म्याराथनलाई एक्सटेप स्पोर्टस वेयरले सहयोग गर्ने

पोखरा स्पोर्टस । यहि फागुन ६ गते पोखरामा आयोजना हुने १७ औं संस्करणको पोखरा म्याराथनमा एक्सटेप (Xtep Sports Wear) स्पोर्टस वेयरले सहयोग गर्ने भएको छ ।

नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने नेपालकै जेठो म्याराथनलाई सफल बनाउन एक्सटेप स्पोर्टस वेयरले सहयोग गर्ने भएको हो । गत वर्ष सह प्रायोजकको रुपमा जोडिएको एक्सटेपले यस वर्ष २१ किमी हाफ म्याराथनतर्फ दोश्रो पुरस्कार स्वरुपको नगद १ लाख सहयोग गर्ने एक्सटेपका प्रवन्ध निर्देशक गणेश श्रेष्ठले जनाएका छन् ।

विगत तिन वर्ष देखि निरन्तर सहयोग गर्दै आएको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सहयोगी संस्था एक्सटेपको सहयोगका लागि मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीले आभार प्रकट गरेका छन् । पोखरा म्याराथन संग जोडिएकोमा एक्सटेपलाई अभार व्यक्त गर्दै अध्यक्ष पराजुलीले अन्य व्यवसायिक संस्थाहरुलाई समेत सहयोग गर्न उनले आग्रह गरे ।

काठमाण्डौको न्यूरोडमा मुख्य शोरुम रहेको एक्सटेपको पोखराको वुद्ध विशाल बजार लगायत काठमाडौ र देशका धेरै ठाउँमा आउटलेटहरु रहेका छन् । एक्सटेप स्पोर्टस वेयरको विशेष गरी रनिङ सुजका लागि निकै उत्कृष्ट रहेकोले एथलेटिक्स लगायत अन्य खेलाडीहरुको आकर्षण समेत रहेको छ भने अन्य खेल पोशाक समेत उत्तिकै उत्कृष्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close