
पोखरा स्पोर्टस । पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई कृषि विकास बैंकले साथ दिने भएको छ ।
पोखरा म्याराथनमा कृषि विकास बैंक बैंकिङ पार्टनरको रुपमा सहकार्य गर्ने भएको हो । बैंकले आागमी फागुन ६ गते शनिबार आयोजना हुने १७ औं पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई नगद ४ लाख सहयोग गर्ने भएको मञ्चका द्वितिय उपाध्यक्ष खेम बहादुर गुरुङले जानकारी दिंदै बैंकको साथले पोखरा म्याराथन सफल बनाउन कोशे ढुङ्गा हुने बताए ।
विगत तिन वर्ष देखि पोखरा म्याराथनलाई निरन्तर रुपमा सहयोग गर्दै आएको उनले १७ औं संस्करणको म्याराथन बनाउन सहयोग गरेको प्रति बैंकलाई आभार व्यक्त गरेका छन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथन नेपालकै जेठो म्याराथन हो ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथन विश्वभरीका म्याराथनहरुको छाता संस्था एसोसियसन अफ इन्टरनेशनल म्याराथन एण्ड डिस्टेन्स म्याराथन रेसेस (एम्स)मा सदस्यता प्राप्त गरिसकेको छ भने वर्ल्ड एथलेटिक्सबाट रुटको समेत मान्यता समेत पाइसकेको छ ।
