आईटीएफ वर्ल्ड जुनियर यु–१४ टेनिसका लागि पोखराका दर्शिलसहित तिन खेलाडी

पोखरा स्पोर्टस । आईटीएफ वर्ल्ड जुनियर यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत प्रि–क्वालिफाइङका लागि नेपालबाट पोखराका दर्शिल श्रेष्ठसहित ३ पुरुष खेलाडी छनोट भएका छन् ।

बोरिस अधिकारी, दर्शिल श्रेष्ठ र वृजेश अर्याल छनोट भएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् । प्रशिक्षकमा सूर्यभूषण वज्राचार्य रहेका छन् । प्रतियोगिता फेब्रुअरी १३ देखि १८ तारिखसम्म श्रीलंकाको कोलोम्बोमा हुनेछ ।

त्यस्तै संघ मलेसियाको कुचिङमा मार्च २० देखि २५ तारिखसम्म हुने आईटीएफ यु–१४ फाइनल क्वालिफाइङका लागि छनोट प्रतियोगिता गर्ने भएको छ ।

छनोट प्रतियोगिता फेब्रुअरी १२ तारिखमा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुनेछ । ३ महिला खेलाडी उक्त प्रतियोगिताका लागि छनोट गरिने कार्यालय सचिव देवकोटाले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close