टाइगर कप भलिबल : उद्घाटन खेलमा घरेलु टोली गण्डकी विजयी

गण्डकीलाई खेलकुद र स्वास्थ्यको हव बनाउँछौं–मुख्यमन्त्री अधिकारी

पोखरा स्पोर्टस । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को उद्घाटन खेलमा पुरुषतर्फ घरेलु टोली गण्डकी प्रदेश विजयी भएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा शनिबार भएको उद्घाटन खेलमा विभागिय टोली नेपाल पुलिस क्लवलाई ३–० को सोझो सेटमा हराएको हो । खेलमा पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोश्रो सेट २५–२० र तेश्रो सेट २५–१६ ले जित निकाल्यो ।

यसै गरी आज नै पुरुषतर्फको एक अर्को खेलमा साबिका बिजेता नेपाल आर्मी शसस्त्र प्रहरीको एपिएफ क्लव संग ३–१ को सेटमा पराजित भएको छ । नेपाल आर्मीले पहिलो सेट २५–२० ले जित्दै एपिएफलाई दवाबमा राख्ने प्रयास गरे पनि दोश्रो सेटमा भने एपिएफ खेलमा फर्किदैं २५–२२ ले आफ्नो पक्षमा पार्न सफल मात्र भएन पछिल्ला दुई सेट लगातार २६–२४ र २५–१९ ले जित्यो ।

आइतबार सम्पन्न महिलातर्फका पहिलो खेलमा नेपाल आर्मीको त्रिभुवन क्लवले सहज जित निकालेको छ । खेलमा होङवान्जी न्यू डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गर्दै जितको यात्रा सुरुवात गरेको हो । टिमकी उत्कृष्ट खेलाडी प्रतिभा मालीको अनुपस्थिती रहेको न्यू डायमण्ड खेलको पहिलो सेटमा न्यू डायमण्डले केही प्रतिस्पर्धात्मक रह्यो । पहिले सेट जितको नजिक रहेको न्यू डायमण्डले आफ्नो अग्रता गुमाउँदा २७–२५ ले पहिलो सेट आर्मीलाई सुम्पिन पुग्यो । दोश्रो सेटमा भने आर्मीले २५–१७ ले सहज रुपमा आफ्नो पक्षमा पा–यो । यसै गरी तेश्रो सेट आर्मीले २५–२३ ले जित्दै पहिलो खेल आफ्नो पोल्टामा पारेको छ ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गण्डकी प्रदेशलाई खेलकुद र स्वास्थ्यको हव बनाउने बताए । उनले भने–“गण्डकी प्रदेशमा यसका लागि आवश्यक पूर्वाधार तयार छ । मेडीसिटीको हव बनाउने कुरा होस वा खेलकुदको यसलाई व्यवस्थित बनाउँदै गण्डकीलाई समृद्ध प्रदेशको रुपमा विकास गर्न चाहन्छौं ।”

मुख्यमन्त्री अधिकारीले दर्जनौ अस्पताल बनाउनु भन्दा एउटा रंगशालाको निर्माण प्रयाप्त हुने कुरा उल्लेख गर्दै उनले गण्डकी प्रदेशमा भएका खेल पूर्वाधारहरुको संरक्षण र सम्वद्र्धनका लागि प्रदेश सरकारले आफ्नो तर्फबाट पहल गर्ने बताए ।

टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगिताका संयोजक एवं सस्थाका उपाध्यक्ष देवेनद्र केसी, सचिव डिबी नेपाली लगायतले आफ्ना भनाई राखेका थिए ।

सो अवसरमा हिमाली सांस्कृतिक परिवार र सैनिक आवाशिय माविका विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।

यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई रु ५–५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् ।

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक–एक खेलाडीले जनही समान नगद रु २५–२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०–१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

माघ १४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको दोश्रो दिन माघ ९ गते महिलातर्फ घरेलु टोली गण्डकी प्रदेशले साविक विजेता एपिएफ क्लवको सामना गर्नेछ । त्यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव र विदेशी क्लव सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका तथा अन्तिम खेल नेपाल पुलिस र एपिएफ क्लवका विच हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close