
पोखरा स्पोर्टस । आईटिएफ एसिया यू–१४ रिजनल जुनियर टेनिस प्रतियोगितामा नेपालले चौथो स्थान प्राप्त गरेको छ ।
बंगलादेशको राजधानी ढाकामा आज सम्पन्न प्रतियोगितामा नेपालले चौथो स्थान प्राप्त गरेको घोषणा गरिएको हो । प्रतियोगिता गत जनवरी ९ तारिखबाट सुरु भएको थियो ।
प्रतियोगितामा सहभागि १० देश मध्ये चाइनिज ताइपेई पहिलो, पाकिस्तान दोश्रो, म्यानमार तेश्रो र नेपालले चौथो स्थान प्राप्त गरेको हो ।
प्रतियोगितामा नेपालका तर्फबाट गर्ल्स र ब्वाइजतर्फ गरी ४ खेलाडी सहभागिता रहेको थियो । ब्वाइजतर्फ पोखराका दर्शिल श्रेष्ठ र निशाद जोशी तथा गर्ल्सतर्फ शिभाली गुरुङ र श्वस्तिाका विष्टले सहभागिता जनाएका थिए । उनीहरुले प्रतियोगितामा सिंगल्स र डबल्सतर्फ गरी दुई छुट्टा–छुट्टै इभेन्टमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगितामा खेलाडीहरुले प्राप्त गरेको नतिजाका आधारमा नेपालले चौथो स्थान प्राप्त गरेको छ भने ग्रेड २ बाट सोझै ग्रेड १ मा उक्लिएको छ ।
