श्रीलंकाका लागि टेनिस खेलाडी छनोट

पोखरा स्पोर्टस । दुई फरक अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताका लागि समान ३–३ पुरुष/महिला गरी ६ खेलाडी बुधबार छनोट भएका छन् ।

जुनियर डेभिस कपका लागि ३ पुरुष तथा बिलि जिन किङ कपका लागि ३ महिला खेलाडी छनोट गरिएको नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

डेभिस कपमा आयुशमान हजुर घले, श्रृजन भट्टराई र श्रीयोग अधिकारीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । किङ कपमा सुनिरा थापा, जेनी खड्का र प्रशंसा मोक्तानले सहभागिता पक्का गरेका छन् ।

दुवै प्रतियोगिता श्रीलंकाको कोलम्बोमा फ्रेब्रुअरी २० देखि २५ तारिखसम्म हुनेछ । दुवै प्रतियोगिता यु–१६ उमेरसमूहको हो ।

कोलम्बोमै फेब्रुअरी १३ देखि १७ तारिखसम्म हुने आईटीएफ वर्ल्ड जुनियर टेनिस प्रतियोगिताका लागि पनि खेलाडी छनोट प्रतियोगिता हुने भएको छ । सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा हुने छनोट जनवरी २२ तारिखमा हुने कार्यालय सचिव देवकोटाले जानकारी गराए । यु–१४ उमेरसमूहको प्रतियोगितालाई नेपालबाट समान ३–३ पुरुष/महिला खेलाडी छनोट गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close