
पोखरा स्पोर्टस/सुरज श्रेष्ठ । पोखरा रंगशाला आर्मी क्लबका लागि त्यती फाप शिद्ध भएको छैन ।
पोखरा रंगशालामा मंगलबार भएको प्रतियोगितामा पनि त्यस्तै भयो । पहिलो हाफको १४ औ मिनेटमा गोल गर्दे आर्मीले अग्रता लिएको भए पनि जितको लागि त्यो गोल प्रयाप्त भएन । संकटाको डिफेन्डरले निशान लिम्बुलाई डिबक्स भित्र लडाए पछि पाएको अबसरलाई आर्मीका नवयुग श्रेष्ठले पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए ।

खेलको ८ औ मिनेटमा आर्मीका टीम क्याप्टेन भरत खवासले डिबक्स भित्रबाट गरेको प्रहार बाहिरिनु पनि आर्मीको लागि दुर्भाग्य बन्यो । ब्याक टु ब्याक मुभ बनाएको आर्मीका दिनेश हेमजनले नवयुगलाई दिएको बललाई नवयुगले गोलमा परिणत गर्नबाट चुके ।
स्ट्राटिङ इलेभेनमा नै तिन विदेशी खेलाडी मैदान उतारेको संकटा एक गोलले पछि परे पछि फुल इर्फाेट लगाएर खेल्यो । संकटाको इर्फोट ३६ औ मिनेटमा काम लाग्यो । उसले बराबरी गोल फर्कायो । सुनिल बलको पासमा बिदेशी खेलाडी मिसुयकेले बराबरी गोल फर्काए ।
दोस्रो हाफमा डोमिनेटेड एट्याकिङ खेल खेलेको आर्मीले पटक–पटक गरेको प्रहार सटअन टार्गेट रहन सकेन ।
संकटाले आफ्नो विपक्ष विरुद्ध एटेकिङ खेले पछि काउन्टर प्रहारको लागि आफ्ना खेलाडी तयारी अवस्थामा राखेका थियो । खेलको ७९औ मिनेटमा डिफेन्स लाइनबाट प्रहार गरेको लङ पासमा विदेशी खेलाडी स्टेफेनले लगेर डाइरेक्ट प्रहार गरे । उक्त बल पोलमा लागेर फर्कियो । सोही बल रिबाउण्ड हुँदा संकटाका युवा खेलाडी सुरज ज्यु ठकुरीले सजिलै गोलमा परिणत गरे ।
नतिजा आफ्नो पक्षमा ल्याउन भरपुर प्रयास गरिरहेको आर्मीका बिमल पाण्डेका ठाउँमा मैदान प्रवेश गरेका टेक बहादुर बुढाथोकीले पाएको थुप्रै अवसर खेर फाले । उनलाई नवयुग श्रेष्ठले ९१ औ मिनेटमा सानो डिबक्स नजिकबाट दिएको पासलाई उनले फस्ट टचमा गरेको प्रहार सिधै बार माथि बाट गयो ।
विदेशी खेलाडी स्टेफेन बिनोयोङले खेलको ९४ औ मिनेटमा व्यक्तिगत १ गोल गर्दे संकटाको लागि गोल संख्या ३ पु¥याए । त्यो संगै त्रिभुवन आर्मीलाई ३–१ गोलले पराजित गर्दे संकटा सेमिफाइनलमा प्रवेश गरेको छ । आजको हार संगै यस पटक पनि आर्मीले इतिहास रच्ने मौका गुमायो ।
‘काउन्टरमा खाएको सेकेण्ड गोल उनीहरुको लागि टर्निङ्ग प्वाइन्ट भयो । विदेशी खेलाडीहरुले गेम चेन्जरको रुपमा रह्यो, जसको कारण हार्न पुग्यौं ।’ आर्मीका प्रशिक्षक नबिन न्यौपानेले भने ।
आजको खेलमा म्यान अफ दि म्याच संकटाका स्टेफेन वियोन्ङ्ग घोषित भए ।
संकटाका प्रशिक्षक सल्यान खड्कीले लामो समय पछि खेल भएकोले पहिलो हाफ खेलाडीहरुलाई अलि गाहे भएको बताए । उनले भने–“तर केटाहरुले मरेर खेले र नतिजा संकटाको पक्षमा आयो ।”
संकटाले अब पुस २० गते पहिलो सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन एपिएफ संग भिड्ने छ । भोलिको खेल मनाङ मर्स्याङदी र अमेरिकी क्लव भुटनिज यूथ क्लबका बिच हुने छ ।
तस्विरः योगेन श्रेष्ठ/पोखरा स्पोर्टस
