आहा ! रारा पोखरा गोल्डकप : एपिएफ अन्तिम चारमा

पोखरा स्पोर्टस । पोखरामा जारी २२ औं आहा ! रारा पोखरा गोल्डकपमा शसस्त्र प्रहरी बल एपिएफ क्लबले अन्तिम चारमा स्थान पक्का गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको शनिबार सम्पन्न क्वाटर फाइनलमा साविक बिजेता एपीएफ क्लबले अन्तिम चारमा स्थान पक्का गरेको हो । पोखरा रंगशालास्थित फुटबल मैदानमा सञ्चालन भएको खेलमा धरान फुटबल क्लबलाई एपीएफले २–० ले पराजित गर्दै सेमीफाइनलमा पुगेको हो ।

एपीएफले दुबै गोल पहिलो हाफमा नै गरेको थियो । एपीएफलाई जिताउन बिकु तामाङले ३६ औं र युवराज खड्काले ३९ औं मिनेटमा गोल गरे ।

आयोजक सहारालाई प्रि क्वाटरमा पराजित गर्दै एपिएफ संग भेट पक्का गरेको धरान एफ सीले दोश्रो हाफमा समेत प्राप्त अवसरहरु गुमाउँदा क्वाटरफाइनलमा नै यात्रा रोकिएको छ ।

आइतबारको खेल मछिन्द्र क्लव काठमाण्डौ र चर्च ब्वाइज क्लबका विच हुनेछ । पहिलो चरणमा चर्च ब्वाइजले नेपाल पुलिसलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close