
पोखरा स्पोर्टस । २२ औं आहा ! रारा गोल्ड कपको पूर्व सन्ध्यामा जिल्ला फुटबल संघ कास्कीमा आबद्ध विभिन्न क्लबहरुले प्रतियोगिता सफल बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् ।
सहारा क्लब पोखराको आयोजनामा आगामी पौष १४ गते देखि २३ गते सम्म संञ्चालन हुने प्रतियोगिता सफल बनाउन क्लबहरुको पदाधिकारीहरु समेतको भेलाले सामुहिक प्रतिबद्धता व्यक्त गरेका हुन । जिल्ला फुटबल संघमा आबद्ध १६ क्लबहरुका अध्यक्ष तथा क्लबका प्रतिनिधिहरुले “फुटेर होईन जुटेर” भन्ने सन्देश दिँदै प्रतिबद्धता व्यक्त गरेका छन् ।
आसन्न गोल्ड कप सफल पार्न आयोजक सहारा क्लबले गठन गरेको विभिन्न संघ संस्था समन्वय उपसमितिका संयोजक तथा सहारा क्लबका सल्लाहकार टिका बहादुर कार्कीको संयोजकत्वमा बसेको उक्त बैठकले पोखरामा आयोजना हुने कुनैपनि फुटबल खेल सम्बन्धि कार्यक्रमलाई पोखराको अपनत्व महशुस गरी सफल पार्नुपर्ने कुरालाई बिशेष जोड दिएका थिए ।
उक्त भेलामा बुद्धि बहादुर खत्री, बिष्णु कुमार गुरुङ, प्रितम गुरुङ, नर प्रसाद गुरुङ, हितमान गुरुङ, पदम बहादुर ढकाल, खेम राज बराल (पुष्प), प्रजापति गुरुङ, भानुभक्त अधिकारी, बिशाल गुरुङ, केदार कुमार श्रेष्ठ, विनोद गुरुङ शिब (माया) गुरुङ, सुविन श्रेष्ठ, विरभद्र आचार्य समेतले आ–आफनो भनाई राखेका थिए ।
मोफसलको फुटबलको विकासलाई भेलाले सकारात्मक सन्देश दिएको र आगामी दिनहरुमा समेत आपसी भाईचारा बन्धुत्व अभिवृद्धि गर्न महनिष्कर्ष निकालेको संयोजक टिका बहादुर कार्कीले बताए ।
