नेपाली खेलाडी प्रज्वललाई बिश्व शारीरिक सुगठनमा तेश्रो स्थान

पोखरा स्पोर्टस । थाईल्याण्डको फुकेटमा जारी तेर्‍हौं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा नेपालका प्रज्वलमान शाक्यले आफ्नो तौल समूहमा तेश्रो स्थान प्राप्त गर्दै कास्य पदक प्राप्त गर्न सफल भएको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराएका छन् ।

थाईल्याण्ड शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् संघको आयोजना भएको च्याम्पियनसिपको पुरुष ६५ केजी तौल समूमा ९ जना प्रतिस्पर्धीबाट प्रिजजिङ्ग राउण्ड पार गर्दै २ भारतिय, एक थाई र बहराइनका खेलाडी संगै फाईनलका लागि चयन भएका प्रज्वलले भारत र थाईल्याण्डका खेलाडीलाई पछि पार्दै कास्य पदक जित्न सफल भएका थिए । यस तौल समूहमा बहराइनका अब्बास माकी अली प्रथम र भारतका योगेश निकाम द्वितीय भएका थिए ।

४४ राष्ट्रको सहभागिता रहेको च्याम्पियनसिपमा महिला मोडल फिजिक्समा श्वेता कपालीले भोली २४ गते प्रतिस्पर्धा गर्ने छिन् । संघका अध्यक्ष राजेश बाबु श्रेष्ठको नेतृत्वमा थाइल्याण्ड गएको टोलीमा प्रशिक्षकमा बिश्व शारीरिक सुगठनका रजत तथा कास्य पदक विजेता रुजेश शाही र अफिसियलमा संघका उपाध्यक्ष राजेश उपाध्याय रहेका छन् । यस्तै निर्णायकको भूमिकामा दिनेश श्रेष्ठ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close