
पोखरा स्पोर्टस । निजि विद्यालयहरुको छाता संस्था एन-प्याव्सन कास्की द्वारा आयोजित खेल महोत्सव अन्तर्गत छात्रा भलिबल तर्फ सेमीफाइनल र फाइनल खेल शुक्रबार हुने भएको छ ।
तिन दिन देखि पोखरा रंगशालामा जारी प्रतियोगितामा अन्तिम चार टिमको टुङ्गो लागे संगै सेमीफाइनल र फाइनल खेल शुक्रबार आयोजना गरी एन प्याब्सन कास्कीले जनाएको हो । १३ औ एन-प्याब्सन स्पोर्टस मिट अन्तर्गत जारी खेल महोत्सवमा भएको छात्रा भलिबलतर्फ ज्ञान ज्योती, वड्स एकेडेमी, नेशनल क्रियशन र कास्की मोर्डनाइज्ड सेकेण्डरी स्कुल अन्तिम चारमा पुगेका छन् ।
शुक्रबार हुने सेमीफाइनलमा पहिलो खेलमा ज्ञान ज्योतीले वड्स एकेडेमीको सामना गर्नेछ भने दोश्रो खेलमा नेशनल क्रियशन र कास्की मोर्डनाइज्ड भिड्ने भलिबल प्रतियोगिताका संयोजक प्रकाश राज वाग्लेले जनाएका छन् ।
प्रतियोगिता अन्तर्गत ज्ञान ज्योतीले सिद्धार्थ लभडेललाई २–० को सोझो सेटमा र वड्स एकेडेमीले डायमण्डलाई २–० ले, नेशनल क्रियशनले अक्सफोर्डलाई २–० र कास्की मोर्डनाइज्डले त्रिवेणी पव्लिकलाई २–० को सोझो सेटमा पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेका हुन् ।
बिहिबार भलिबलतर्फ १० खेल सम्पन्न भएका छन् । शुक्रबार फाइनल खेल संगै तेश्रो स्थानका लागि खेल हुनेछ । शुक्रबारनै एन प्याब्सन कास्कीको खेल महोत्सव समेत सम्पन्न हुनेछ ।
