कास्की नेशनल प्याब्सन खेलकुद महोत्सवमा फुटबल खेलहरु जारी

पोखरा स्पोर्टस । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) कास्कीको आयोजनामा आइतबार पोखरामा पहिलो तथा दोश्रो चरणका गरी सिनियर फुटवल तर्फ १० वटा खेलहरु सम्पन्न भएको छ । खेलकुद महोत्सव अन्तर्गत अनौपचारिक रुपमा जारी रहेको उक्त खेल अन्तर्गत सिनियर छात्र तर्फ फुटवल प्रतियोगिता अन्तर्गत आइतबार पहिलो तथा दोश्रो चरणका १० र जुनियर सेभेन ए साइड फुटवल तर्फका ९ खेलहरु भएको फुटवल खेल संयोजक राजु केसीले बताए ।

आइतबार भएको खेलमा सिद्धि विनायकले अक्सपोर्टलाई,अर्को खेलमा साइनिङ स्टारले कान्तिपुर बोर्डिङ स्कुललाई पराजित गर्दा न्यू ग्यालेक्सिले युनिभर्सल स्कुललाई पराजित गर्यो । त्यसै गरी नेश्नल क्रियसनले हेमजा बोर्डिङलाई, विरेन्द्र मेमोरियलले एल.पी. देवकोटालाई, ज्ञान ज्योतिले डाइमण्ड एकेडेमीलाई हिल साइडले मनिङ ग्लोरीलाई, कास्की मोर्डनाइजले ग्यालेक्सिलाई, इम्यानुअल स्कुलले श्री रत्न ज्योतिलाई आइतबारको अन्तिम खेलमा राइजिङ स्टारले सिद्धि विनायक स्कुललाई पराजित गरेको हो ।

त्यसै गरी आइतबार जुनियर तर्फको सेभेन ए साइड फुटवल खेल अन्र्तगत पहिलो तथा दोश्रो चरणका गरी ९ खेल भएको जुनियर तर्फको सेभेन ए साइड फुटवल प्रतियोगिताका संयोजक हिमाल गुरुङले बताए । आइतबार बिहान भएको पहिलो खेलमा ज्ञान ज्योतिले विरेन्द्र मेमोरियललाई पराजित गरे पनि दोश्रो चरणको खेलमा पुष्प सदनले ज्ञान ज्योतिलाई पराजित गर्यो । अर्को खेलमा एल.पी. देवकोटाले रत्न ज्योतिलाई, इम्यानुअल स्कुलले रिलायन्स पब्लिक स्कुललाई, युनिभर्षल स्कुलले वड्स एकेडेमीलाई, न्यू लेखनाथले मनिङ ग्लोरीलाई, साइनिङ स्टारले लिभिन रिसिडेण्टल र अक्सपोर्ट स्कुलले अल्फा एकेडेमीलाई पराजित गर्यो ।

पोखरा रंगशालाको बैकल्पिक फुटवल मैदान र गण्डकी प्रदेश प्रहरी गण ड्यामसाइडमा सिनियर तर्फको फुटवल खेल भयो भने जुनियर तर्फको सेभेन ए साइड फुटवल खेल भद्रकालिको माछापोखरी खेल मैदानमा भएको छ ।

प्रतियोगितामा छात्र सिनियर तर्फ ३७ र जुनियर छात्र तर्फको सेभेन ए साइड फुटवल प्रतियोगितामा ३३ टिमको सहभागिता रहेको छ । मंसिर २३ गतेसम्म पोखरामा संचालन हुने उक्त महोत्सवमा एन प्याब्सनमा आबद्ध ४६ बिद्यालयका करिब ७ हजार खेलाडीहरु सहभागि हुने भएको एन प्याब्सनका अध्यक्ष हेमन्त अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close