पोखरा आईटीएफ सर्किट–१ विजेता ताइपेइका के हाउ र दुर्गाङसी

पोखरा स्पोर्टस । ताइपेइका के हाउ हङले पोखरामा सम्पन्न आइटीएफ जे–५ टेनिस प्रतियोगिताको सर्किट–१ मा मेन्स सिंगल्सतर्फ प्रथम स्थान हाँसिल गरेका छन् ।

नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा ताइपेइकै चेन हुई हो लाई ६–०, ६–१ को सहज सेटमा पराजित गर्दै प्रथम भएका हुन् । महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमारले प्रथम स्थान हाँसिल गरिन् । फाइनलमा उनले भारतकै श्रीनिधी बालाजीलाई ६–४ र ७–६ ले पराजित गरिन् ।

प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका सागर कुमार र स्वस्तीक शर्माको जोडीले कोरियाका डोङ योङ युम र मलेसियाका केगन केथ जोनाथन जोडीबाट वाकओभर पाउँदै विजयी बने । त्यस्तै, महिला डबल्सफर्त भारतका श्रीनिधी बालाजी र लक्ष्मीश्री डण्डुको जोडीले प्रथम स्थान हाँसिल गरे । भारतकै काइरा सिद्धार्थ चेत्नानी र दुर्गाङसी कुमार जोडीसंगको अन्तिम भेटमा ६–२, ६–२ को सहज जित निकाल्दै प्रथम स्थान ओगटन सफल भएका हुन् ।

विजयी खेलाडीहरुलाई गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ्गले एक समारोहका विच पुरस्कृत गरे ।

पुरस्कार वितरण समारोहमा बोल्दै समापन समारोहका विशेष अतिथि खेलकुद परिषद् गण्डकीका उपाध्यक्ष धोजकुमार गुरुङ्गले टेनिस खेलले गण्डकी प्रदेशकै खेलकुदको सान उँचो पारेको बताए । यहाँ आयोजना हुने अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरुले खेलसंगै पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाई थियो ।

कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोक गुरुङ्गको अध्यक्षतामा भएको पुरस्कार वितरण समारोह उपाध्यक्ष नविन चालिसेले आफ्ना भनाई राखेका थिए । एक सातादेखि सञ्चालित आइटिएफ जे ५ सर्किट १ प्रतियोगितामा विभिन्न ९ राष्ट्रका ९८ खेलाडीले सहभागिता जनाएका थिए ।

यसै विच सर्किट २ अन्तर्गतको खेल आजबाट सुरु भएको छ । प्रतियोगिता एक साता सम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close