मनाङ मर्स्याङदी र केटीएम सिटी विच सम्झौता नविकरण

पोखरा स्पोर्टस । मनाङ मर्स्याङदी क्लबले किट्स प्रायोजकको रुपमा नेपाली ब्राण्ड केटीएम सिटीसँग प्रायोजन सम्झौता नविकरण गरेको छ । आसन्न शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्ने तयारीमा रहेको क्लबले शेर्पा आउटडोरको केटीएम सिटीसँग दुई वर्षका लागि सम्झौता नविकरण गरेको हो ।

केटीएम सिटीले गत वर्ष समेत मनाङ मर्स्याङदी क्लबको किट्स प्रायोजक गरेको थियो । आईतबार क्लबका महासचिव तेन्जिङ गुरुङ र केटीएम सिटीका सिईओ निमा नोर्बु शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यस सम्झौताको अवधि दुई वर्षको रहनेछ । क्लबलाई आवश्यक पर्ने सम्पुर्ण किट सामाग्री केटीएम सिटीले प्रायोजकको रुपमा उपलब्ध गराउनेछ । मनाङले आफ्ना सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा केटीएम सिटीको किट प्रयोग गर्नेछ । नेपालको आफ्नै ब्राण्ड केटीएम सिटीसँग जोडिन पाउँदा क्लबले खुसी महशुस गरेको महासचिव गुरुङले जनाएका छन् ।

नेपाली फुटबलको सर्वाधिक सफल क्लबको रुपमा रहेको मनाङले आसन्न घरेलु फुटबललाई लिएर तयारी समेत अघि बढाएको जनाउँदै सहयोगका लागि सबै संग आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button
Close
Close