वीर गणेशमान सिंह राष्ट्रिय टेनिस : एकलतर्फ प्रदीप र प्रणव क्वाटरफाइनलमा

पोखरा स्पोर्टस । नेपालका नं १ बरियता खेलाडी प्रदीप खड्का र प्रणव खनालले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष एकलतर्फ क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार प्रदिपले आयुष्मान हजुर घलेलाई ६–३ र ६–३ को सोझो सेटले हराउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् भने प्रणवले प्रि-क्वाटरफाइनलमा राज बीर प्रधानलाई ६–२ र ६–० ले हराएर क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

पुरुष एकलतर्फ नै प्रणव मानन्धरले गोविन्द नेपालीलाई ६–१ र ६–१ ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गर्दा गौरव प्रताव शाहीले सुशल मोक्तानलाई ६–० र ६–० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरेका छन् । क्वाटरफाइनल पुग्ने अन्य खेलाडीमा पोखराका सौगात बिक, निहल जंग बहादुर थापा, निसन श्रेष्ठ र ऋतिक राना रहेका छन् ।

सौगातले विष्णु नेपालीबाट वाक्ओभर पाउँदा निहलले सौरभ नाथ पन्तलाई ६–० र ६–० ले, निसनले प्रितम परियारलाई ६–० र ६–० ले र ऋतिकले आशिष खड्कालाई ६–२ र ६–३ ले पराजित गरे ।

पुरुषको ३५ वर्षमाथिको एकलमा सन्तोष कार्की, जितेन्द्र परियार, कमल भण्डारी र सिमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाएका छन् । पुरुषको ४५ वर्षमाथिको एकलमा महेश श्रेष्ठ, रोहित सुनुवार, मनोज बिक्रम शाह र विमल कुमार गुरुङले अन्तिम चारको यात्रा तय गरेका छन् ।

पुरुषकै ५५ वर्षमाथि एकलमा उत्तम कुमार लामा, निरन्जन कुमार श्रेष्ठ, विमल कुमार गुरुङ र जीवन घिमिरेले अन्तिम चारको यात्रा तय गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिको आयोजनामा जारी प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भईरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close