विपिनको उत्कृष्ट बलिङ  : गण्डकीलाई १६६ रनको लक्ष्य

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेटमा नेपाल आर्मी विरुद्ध जितका लागि गण्डकीले १६६ रनको लक्ष्य पाएको छ ।

टस जितेर फिल्डिङ रोजेको गण्डकीले ४७.४ ओभरमा आर्मीलाई १६५ रनमा रोक्न सफल भएको हो । प्रतियोगिताको सेमीफाइनलमा पुग्न गण्डकी प्रदेशले १६६ रन बनाउनु पर्नेछ ।

आर्मी विरुद्ध विपिन खत्रीले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २ मेडन राख्दै २३ रन दिएर महत्वपूर्ण ४ विकेट हात पारेका छन् । विपिनले आर्मीका अर्जुन साउदलाई व्यक्तिगत १३, हरि चौहानलाई २६, रोहित पौडेल ४ र शुसन भारीलाई व्यक्तिगत १ रनमा आउट गरेका थिए ।

आर्मीका लागि विनोद भण्डारीले ७९ बलमा ५४ रनको योगदान दिए । उनी चन्द्र पौडेलको बलमा क्याच आउट भए । भिम कार्कीले आर्मीका लागि ३९ रनको योगदान दिए । उनलाई अशोक श्रेष्ठले रन आउट गरे ।

यति बेला गण्डकीले आफ्नो पारी सुरु गरेको छ । गण्डकीका लागि समिर कडेंल र अर्जुुन कुमाल क्रिजमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close