पोखरामा ए.बि.सी एट–ए–साईड भेट्रान्स फुटबल सुरु

पोखरा स्पोर्टस । अमरसिंह ब्वाईज क्लबका दुबै टोली प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताबाट बाहिरिएका छन् । ४५ वर्षमाथिको उमेर समूहको पहिलो पटक आयोजित एट ए साईड फुटबलमा आयोजकका दुबै टोली पराजित हुन पुगे ।

पोखराको अमरसिंह माविको चौरमा अमरसिंह ब्वाईज क्लबको आयोजनामा बिहीबारदेखि शुरुभएको प्रतियोगितामा आयोजकको निलो एक्स पोखरा भेट्रान्ससँग पराजित हुदाँ आयोजकको निलो भने पेनाल्टी सुटआउटमा एक्स वारियरसँग पराजित हुदै बाहिरियो ।

पहिलो खेलमा आयोजक अमरसिंह ब्वाईज(ए.बि.सी सेतो)लाई एक्स पोखराले १–० गोलले पराजित गर्दै क्वाटरफाइनल प्रवेश गर्यो । खेलको ७ औं मिनेटमा राजु गुरुङले गोल गर्दै एक्स पोखराको जित सुनिश्चित गरे । उनी खेलको म्यान अफ दि म्याच बने ।

दोस्रो खेलमा काठमाडौंको नाईटकिङ्स सानो गौचरनले लेकसाईड भेट्रान्सलाई १–० गोल अन्तरले पराजित गर्यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमै प्रकाश रानामगरले गरेको गोल निर्णायक बन्न पुग्यो । रानामगरले खेलको ६ औं मिनेटमा गोल गर्दै अन्तिम आठको स्थान पक्का बनाए । उनी खेलमा म्यान अफ दि म्याचको हकदार बने । तेस्रो खेलमा भने गण्डकी प्रदेशको टोली अनुपस्थिति हुदाँ बुटवल भेट्रान्सले वाक ओभर पायो ।

अन्तिम खेल आयोजक ए.बि.सी निलो र एक्स वारियरको खेल भने निकै प्रतिस्पर्धात्मक बन्यो । निर्धारित समय गोलरहित टुंगिएको थियो । पेनाल्टी सुटआउटमा एक्स वारियरले ३–२ गोल अन्तरले पराजित गर्दै जित आत्मसात गर्यो । ए.बि.सीका लागि सचिन गुरुङ र जय थापाको पेनाल्टी गोल हुदाँ शैलेस गुरुङको प्रहारलाई एक्स वारियरका गोलरक्षक प्रविन्द्र गुरुङले बचाउ गरे । एक्स वारियरका लागि तेजबहादुर गुरुङ, भरत थापा र प्रविन्द्र गुरुङले हानेको पेनाल्टी गोलमा परिणत भएको थियो । ए.बि.सीको पेनाल्टी बचाउ गरेका प्रविन्द्र खेलको म्यान अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा १२ टोलीले सहभगिता जनाएका छन् । विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ पाउँदा सर्वोत्कृष्ठ खेलाडीले नगद १० हजार र उत्कृष्ट गोलकिपर, डिफेण्डर, स्ट्राईकर र प्रशिक्षकले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिताका संयोजक एवं अमरसिंह ब्वाईज क्लबका अध्यक्ष राजेश गुरुङले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close