प्रधानमन्त्री कप क्रिकेटः कर्णाली विरुद्ध गण्डकी ३२ रनले बिजयी

पोखरा स्पोर्टस । काठमाण्डौमा जारी प्रधानमन्त्री कप क्रिकेट अन्तगर्त बुधबार भएको खेलमा गण्डकी प्रदेश बिजयी भएको छ ।

कर्णाली प्रदेश विरुद्धको खेलमा गण्डकी ३२ रनले विजयी भएको हो । टस हारेर व्याटिङमा उत्रिएको गण्डकीले ९ विकेटको क्षतीमा २०८ रन बनाएको थियो । खेलमा म्यान अफ दि म्याच समेत रहेका अभिषेक बस्नेतले ४५ बलमा १ छक्का र ८ चौकाको मद्धतले ५१ रन बनाएका थिए । ओपनिङ पार्टनर समिर कंडेल व्यक्तिगत ४ रन बनाएर आउट भए पछि युवा खेलाडी अर्जुन कुमालले ४९ रनको योगदान दिंदै पारीलाई सम्हालेका थिए । अर्जुन १ रनले अर्धशतकबाट चुके उनी दिनेश अधिकारीको बलमा आउट भए । उनी संगै विधान श्रेष्ठले समेत् ४६ रनको महत्वपूण पारी खेले । गण्डकीका लागि सुभाष भण्डारीले १४ रन बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

कर्णालीका लागि अनुज चनराले ९ ओभरमा ५१ रन दिंदै ४ विकेट हात पार्न सफल भए । उनले अभिषेक बस्नेत, सन्दिप केसी, विपिन खत्री, सुभाष भण्डारीलाई पेभिलिएन फर्काएका थिए । त्यस्तै कर्णालीका लागि प्रकाश जैशीले ३ र दिनेश अधिकारीले २ विकेट झारेका थिए ।

जवाफी व्याटिङमा उत्रिएको कर्णाली १७६ रनमा समेटिएको थियो । कर्णालीका लागि हिमाशुं शाहीले ६९, रविन्द्र शाहीले ४२ र प्रकाश जैशीले १५ रनको योगदान दिए । कर्णालीलाई सस्तोमा रोक्न सुभाष भण्डारी र चन्द्र पौडेलले समान ३/३ विकेट हात पारे भने विपिन खत्रीले २, कमल परियार र अभिषेक बस्नेतले समान १/१ विकेट लिए ।

गण्डकी प्रदेशले शुक्रबार विभागिय टोली एपिएफको सामान गर्ने गण्डकीका टिम व्यवस्थापक चन्द्र गुरुङ जिम्मीले पोखरा स्पोर्टसलाई जानकारी दिए । पोइन्ट टेवलमा गण्डकी र एपिएफको समान ४/४ अङ्क रहे पनि रन रेटका आधारमा एपिएफ पहिलो र गण्डकी दोश्रो स्थानमा रहेको छ । शुक्रबार यि दुई टिम विच रोचक भिडन्त हुने अपेक्षा गरिएको छ । गण्डकीले आफ्नो ओपनिङ म्याच सुदुर पश्चिम विरुद्ध जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close