आईटीटीएफ लेभल टु कोर्स सफलतापूर्वक सम्पन्न

पोखरा स्पोर्टस । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा भएको आईटीटीएफ लेभल टु कोर्स आइतबार सफलतापूर्वक सम्पन्न भएको छ ।

कुल दस दिनको कार्यक्रममा सहभागीले उच्च प्रदर्शन गरेका थिए । कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना चीले सञ्चालन गरेकी हुन् । उनी आईटीटीएफकी प्रशिक्षकलाइ प्रशिक्षण दिने विशेषज्ञ हुन् ।

कार्यक्रमबाट नेपाली टेबल टेनिसका लागि उच्च दक्ष जनशक्ति तयार भएको संघले जनाएको छ । कार्यक्रमपछि नेपालमा थप १३ लेभल टु प्रशिक्षक भएका छन् र त्यसमध्ये आठ जनाले ‘अपग्रेड’ समेत प्राप्त गरेका छन् । अब नेपालमा कुल ११ अपग्रेड लेभल टु प्रशिक्षक भएको छ र तिनीहरू लेभल थ्री प्रशिक्षणका लागि योग्य भएका छन् । लेभल टु प्रशिक्षकले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न सक्नेछन् ।

कार्यक्रम नेपाल ओलम्पिक कमिटीको सोलिडारिटी कार्यक्रमअन्तर्गत भएको हो । समापन समारोहमा अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले उच्च दक्ष जनशक्तिसहितका प्रशिक्षकले नेपालमा यो खेलको विकासमा योगदान पुग्ने बताए । त्यस्तै दक्षिण एसियाली टेबल टेनिस महासंघका महासचिव शंकर गौत्तमले यसपल्टको प्रशिक्षण कार्यक्रममा सफलताको प्रतिशत पहिलो पल्ट उच्च रहेको बताए ।

यस्तै प्रशिक्षक चीले सहभागीलाई नेपालको टेबल टेनिस विकासमा संलग्न हुन अनुरोध गरिन् । यस्तै समापन कार्यक्रमका मुख्य अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुद विकासका लागि दक्ष प्रशिक्षकको आवश्यकता रहेकोमा जोड दिंदै कार्यक्रममा सहभागीले नेपाली टेबल टेनिसको विकासमा टेवा दिने विश्वास पोखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close