
पोखरा स्पोर्टस । अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा शनिबारदेखि १० दिनको आईटीटीएफ लेभल टु कोर्स सुरु भएको छ ।
लैनचोर स्थित टेबल टेबल प्रशिक्षण केन्द्रमा सुरु भएको कार्यक्रम ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत हुन लागेको हो । कार्यक्रम मलेसियाली प्रशिक्षक क्रिस्टिना ची सहजकर्ताको भूमिकामा रहेकी छन् । उनी आईटीटीएफकी प्रशिक्षकलाई प्रशिक्षण दिने विशेषज्ञ समेत हुन् ।
नेपालमा आईटीटीएफको लेभल टुको कोर्स हुन लागेको यो तेस्रो पटक हो । कार्यक्रममा तीन महिलासहित कुल १९ प्रशिक्षकको सहभागीता रहेको छ । यस कार्यक्रमपछि नेपाली टेबल टेनिसले कुनै पनि देशको राष्ट्रिय टिम सम्हाल्न प्रशिक्षक पाउने छ ।
अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्दराज बैद्यले कार्यक्रमको उद्घाटन गरेका थिए ।
