नवौं राष्ट्रिय खेलकुदको छानविन गर्न अख्तियारमा उजुरी

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुदको विषयलाई लिएर अख्तियार दुरुपयोग अनुशन्धान आयोग पोखरामा उजुरी परेको छ ।

यहि असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशको राजधानी लगायत ८ जिल्लामा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको विषयलाई नागरिक समाज कास्कीले उजुरी हालेको हो । समाजले नवौं राष्ट्रियको उद्घाटन र समापनमा आतिसबाजीलाई नेपालको कुन कानुनको आधारमा टेकेर गरिएको भन्ने प्रश्न आम नागरिकको चासो रहेको भन्दै आतिशवाजीमा गरिएको खर्चका बारेमा समेत प्रष्टा्याउन माग गरेको छ ।

समाजले भनेको छ–“नवौं राष्ट्रिय खेलकुदको क्रममा खेलाडीहरुको न्यूनतम उपचार सुविधा नपाएको तर पटाका आतिशवाजीमा लाखौं रकम हिनामिना भएको भन्दै आमनागरिक लगायत पिडित खेलाडीहरुको व्यापक गुनासो रहेकोले छानविनका लागि अनुरोध गर्दछौं ।”

त्यसै गरी सहभागि खेलाडीहरुको जिवन विमा, आकस्मिक दुर्घटना विमा, स्वास्थ्य उपचार, आवाश, खाना तथा खाजा खर्च र यातायत सुविधा, प्याराग्लाइडिङ खेल सञ्चालन गर्दा नागरिक उड्ययन संग स्विकृतीको विषय, खेलकुद पूर्वाधार निर्माण र स्त्तोरोन्नतीको नाममा भएको खर्च विवरण समेत छानविन गर्न माग गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close