सहारा क्लबका पूर्व अध्यक्ष थकाली तमु धीं यूकेबाट सम्मानित

पोखरा स्पोर्टस । सहारा क्लब पोखराका पुर्व अध्यक्ष विक्रम थकाली सम्मानित भएका छन् ।

पूर्व अध्यक्ष थकालीलाई मु धीं युकेको रजत जयन्तिको अवसरमा तमु धिं यूकेले सम्मान गरेको हो । तमु धीं युकेले थकालीले खेलकुद र शिक्षा क्षेत्रमा पुर्‍याएको महत्वपूर्ण योगदानको कदर गर्दै सम्मान गरेको हो ।

पोखरामा आयोजित एक कार्यक्रममा तमु धीं युकेका अध्यक्ष जुम काजी गरूङ, निवर्तमान अध्यक्ष हरि गुरूङ र संस्थापक अध्यक्ष मिन प्रसाद गुरूङले सम्मान गरेको सहारा क्लबले जनाएको छ ।

थकाली २०६२ साल देखि २०७० साल सम्म चार कार्यकाल ८ वर्ष सम्म निरन्तर अध्यक्ष रहेका थिए । उनी सहारा बाल आधारभूत विद्यालयका अध्यक्ष समेत हुन् । उनी हालै राष्ट्रिय शिक्षा पुरस्कारबाट समेत सम्मानित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close