महिला भलिबल : पुलिसलाई फाइनलमा पराजित गर्दै एपिएफले जित्यो स्वर्ण पदक

पोखरा स्पोर्टस । विभागीय टिम सशस्त्र प्रहरी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलमा विजयी हुँदै स्वर्ण पदक जितेको छ ।

 

बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल पुलिस क्लबलाई ३–१ सेटले पराजित गर्दै सशस्त्रले उपाधि जितेको हो । पहिलो सेट २५–१९ ले जिते पनि दोश्रो सेट भने आर्मीले एपिएफलाई चुनौती दियो ।

प्रतिस्पर्धात्मक भएको दोश्रो सेट दोस्रो सेट ३०–२८ ले एपिएफले आफ्नो पक्षमा पारे पनि तेस्रो सेटमा पुलिस खेलमा फर्किर्दै २४–२६ ले जित्दै एपिएफलाई दबावमा राख्यो । तर चौथो सेट २५–१९ को अन्तरले शसस्त्रले जित्दै स्वर्ण पदक हात पार्न सफल बन्यो भने पुलिस रजत पदकमा चित्त बुझाउनु परेको छ ।

यसैगरी घरेलु टिम गण्डकीलाई एकका विरुद्ध तीन सेटले पराजित गर्दै बागमति प्रदेश प्रतियोगिता कास्य पदक जितेको छ । बागमतिले दोस्रो, तेस्रो र चौथो सेटमा गण्डकीलाई २५–१२, २५–२१ र २५–१७ अन्तरमा पराजित गरेको हो । पहिलो सेट गण्डकीले बागमतिलाई २५–२० अन्तरमा जितेको थियो ।

असोज २८ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिम सहभागी थिए । स्वर्ण पदक विजेता बनेको टिम शसस्त्रका खेलाडीलाई आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनही रु. १५ हजारका दरले पुरस्कृत गरेको छ ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, उपप्रमुख दिलकुमारी केसी, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले पुरस्कार, मेडल, प्रमाणपत्र र ट्रफी वितरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close