पुरुष कबड्डीमा विवाद, गण्डकीका खेलाडीले गरे कोर्ट कब्जा

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा जारी कबड्डीमा गण्डकी प्रदेशका पुरुषतर्फका खेलाडीहरुले कबड्डी कोर्ट कब्जा गर्दा लिग चरण अन्र्तगतका अन्तिम खेलहरु प्रभावित भएका छन् ।

मंगलबारको प्रतियोगितामा गण्डकी प्रदेश र नेपाल प्रहरी क्लवविचको खेलमा रेफ्रिले अन्याय गरेको भन्दै उनीहरुले कोर्ट कब्जा गर्दा आज हुने भनिएका पुरुषतर्फका बाँकी खेलहरु प्रभावित हुन पुगेको हुन् ।

गण्डकी प्रदेशका खेलाडीहरु अहिले पुन प्रतियोगिता सञ्चालनको माग गर्दै कोर्टमा नै सुतेर विरोध जनाएका छन् । उनीहरुले पुन प्रतियोगिता सञ्चालनको माग पुरा नभएसम्म कोर्टको कब्जा नछोड्ने अडान रहेको खेलाडी विशाल थापा मगरले बताए ।

अहिले विवाद मिलाउन अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापति, उपाध्यक्ष विरेन्द्र यादव, संगिता हमाल, गण्डकी प्रदेशका टिमकोच सन्दिप खड्की, टिम म्यानेजर हरि जिसी, टिम क्याप्टेन महेश खड्की सहितको वार्ता बसिरहेको छ ।

बुधबारको प्रतियोगितामा नेपाली प्रहरी क्लव र गण्डकी प्रदेशविचमा भएको प्रतियोगितामा नेपाल प्रहरी क्लवले गण्डकी प्रदेशलाई ५८–५४ पोइन्टले पराजित गरेको थियो ।

महिलातर्फका खेलहरु भने बिहानैबाट सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close