
पोखरा स्पोर्टस । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत यहाँ जारी आइटिएफ तेक्वान्दो प्रतियोगितामा ७४ पदकको टुङ्गो लागेको छ । मङ्गलबार साँझसम्म भएका खेलमा २५ स्वर्ण, २५ रजत र २४ कास्य पदकको छिनोफानो भएको हो ।
प्रतियोगितामा ११ स्वर्ण, ७ रजत र २ कास्यसहित विभागीय टिम नेपाल आर्मी सबैभन्दा अगाडि छ । प्रतियोगितामा दोस्रो स्थान बनाउँदै गण्डकी प्रदेशले ५ स्वर्ण, ५ रजत र १ कास्य पदक जितेको छ । ५ स्वर्ण, २ रजत र २ कास्य पदक लिएर बागमती प्रदेश तेस्रो स्थानमा छ ।
लुम्बिनी प्रदेशले १ स्वर्ण, ४ रजत र ८ कास्य पदक हाँसिल गरेको छ । एक नं. प्रदेशले २ स्वर्ण, ३ रजत र ३ कास्य पदक जितेको छ । विभागीय टिम शसत्र प्रहरी बलले पदक तालिकामा १ स्वर्ण, २ रजत र ३ कास्य पदक बनाएको छ ।
कर्णाली प्रदेशले २ रजत र २ कास्य जित्दा विभागीय टिम नेपाल पुलिसले ३ कास्य पदक हात पारेको छ । मधेश र सुदुरपश्चिम प्रदेशले अहिलेसम्म कुनैपनि पदक जित्न सकेको छैन ।
मङ्गलबार भएका खेलमा नेपाल आर्मीले ४ गण्डकीले २, एक नं. प्रदेशले २, सशत्र प्रहरी बल र लुम्बिनी प्रदेशले एक÷एक स्वर्ण जितेका थिए ।
प्रतियोगिताका पुरुष एकल स्पाइरिङ र पुरुष/महिला टिम स्पाइरिङका खेल बुधबार बिहानदेखि खेलाइने आइटिएफ नेपालका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।
