सशस्त्र र पुलिस महिला भलिबलको फाइनलमा

पोखरा स्पोर्टस । विभागीय टिम सशस्त्र प्रहरी र नेपाल पुलिस क्लव नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको फाइनलमा प्रवेश गरेका छन् ।

म्याग्दीको बेनी स्थित खुल्ला मञ्च खेलमैदानमा मंगलबार भएको सेमिफाइनलमा सशस्त्रले बागमती र पुलिसले गण्डकी प्रदेशलाई पछि पार्दै फाइनलमा पुगेका हुन् ।

सशस्त्रले बागमतीलाई ३–१ र पुलिसले गण्डकीलाई सोझो तीन सेटमा पराजित गरेको हो । पहिलो सेट २३–२५ ले जितेको बागमतीलाई सशस्त्रले त्यसपछिका तीन सेट क्रमश : २५–२३, २५–२२ र २५–१६ को अन्तरमा पराजित ग¥यो ।

कमला पुनले नेतृत्व गरेको पुलिसले अरुणा शाहीको कप्तानीमा रहेको गण्डकीलाई २५–१०, २५–१८ र २५–११ का् सेटमा पराजित गर्‍यो । कमला र अरुणा दुवै म्याग्दीका हुन् ।

तेस्रो स्थानका लागि बुधबार बिहान १० बजे बागमती र गण्डकीबीच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले जानकारी दिए । यसैगरी शसस्त्र र पुलिसबीच दिउँसो १ बजे अन्तिम फाइनल खेल हुनेछ ।

असोज २७ गतेदेखि शुरु भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली सहभागी थिए । कर्णाली र मधेश प्रदेश पहिलो चरणबाट यस अघि नै बाहिरिएका थिए । विभागीय टिम नेपाली सेनाको त्रिभुवन आर्मी, लुम्बिनी, प्रदेश १ र सुदुरपश्चिम प्रदेश क्वाटर फाइनलबाट बाहिरिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close