बक्सिङ : पुरुषतर्फ २४ खेलाडी सेमिफाइनलमा

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङ प्रतियोगिताको तेस्रो दिन पुरुषतर्फ २४ जना सेमिफाइनलमा पुगेका छन् । पहिलो चरणमा भएको खेलमा ४८ तौल समूहमा नेपाल पुलिस क्लवमा दिपेश राईलाई हराउँदै एपीएफका आश तामाङ सेमिफाइनलमा पुगेका छन् । उनले ४.१ अंक प्राप्त गरेका थिए । यस्तै ५१ केजी तौल समूहमा बाग्मती प्रदेशका रविन थापा विजयी भए ।

५१ केजी समूहमा नेपाल पुलिस क्लवका चन्द्रवहादुर थापा (५ अंक) त्रिभुवन आर्मी क्लवका सुवास तामाङ (४.११अंक) ५४ केजीमा गण्डकी प्रदेशका पूर्णवहादुर गुरुङ (३.२) सोही समूहमा प्रदेश १ का आङपेम्वा शेर्पा, सोही समूहमा कर्णालीका प्रकाश शाही (४.१), ५७ केजी समूहमा एपीएफका पुरन राई (५ अंक), ६० केजी समूहमा लुम्बिनी प्रदेशका अनिलकुमार पुन मगर (३.२) र ४ अंक प्राप्त गर्दै बाग्मतीका सुवास माली विजयी भए ।

यसैगरी, ६३ केजीमा लुम्बिनीका नेत्रबहादुर थापा विजयी भएका छन् । उनले ५ अंक प्राप्त गरेका थिए । यस्तै, सोही समूहमा आर्मीका लालु आले मगर (३.२), ६७ केजीमा बाग्मतिका दावा र्छिरिङ लामाले ५ अंक ल्याए । आर्मीका धनबहादुर दलार्मीले ५ अंक ल्याएका छन् । त्यस्तै, ७१ केजी समूहमा एनआरएनका चन्द्रवहादुर तामाङले बाग्मती प्रदेशका प्रमोद राईबाट वाकवभर पाएका छन् ।

एपीएफका निश्चल विष्टले ३.२ अंक प्राप्त गर्दै विजयी भए । ७५ केजी उमेर समूहमा प्रदेश १ का प्रशान्त दाहाल (५ अंक), सोही समूहमा लुम्बिनीका हेमराज राउतले मधेशका राम निवास कुमारसँग वाकवभर पाएर सेमिफाइनलमा प्रवेश गरेका थिए । ८० केजी समूहमा प्रदेश १ का फूर्वेनी शेर्पा ४.१ ल्याएर विजयी भएका छन् । सोही समूहमा मधेशका मनोज वेल्दारले वाकवभर दिएपछि बाग्मती प्रदेशका मोहन तामाङले सेमिफाइनल यात्रा तय गरे । ८६ केजी तौल समूहमा पनि एपीएफका रविन नेपालीले आर्मीका कृष्णराज शाहीवाट वाकवभर पाएर सेमिफाइनलमा प्रवेश गरे ।

९२ केजीमा एपीएफका गोकुल गुरुङ विजयी भए । सोही समूहमै गण्डकीका दिपक सुनुवार विजयी भएका छन् भने, ९२ भन्दा माथिको तौल समूहमा लुम्बिनी प्रदेशका सुजन थापा मगर विजयी भए ।

रेगुको पुरुष तर्फको फाईनल प्रतिस्पर्धा बुधबार गराईने भएको छ । रेगु पुरुष तर्फको फाईनलमा स्वर्णका लागी विभागिय टोली नेपाल आर्मी र गण्डकी बीच प्रतिस्पर्धा हुनेछ । रेगु पुरुष तर्फको कास्य पदक भने लुम्बिनी प्रदेशलाई २–०को सोझो सेटमा हराउदै प्रदेश नं १ ले जितेको छ । मंगलबार सेपाकताक्रोको क्र्वाड विधा अन्र्तगतको पुरुष र महिलाको पदकको छिनोफानो हुने सेपाकताक्रो संघका केन्द्रिय अध्यक्ष नेत्रबहादुर गुरुङ्गले जानकारी दिनु भयो ।

यस अघि आईतबार सम्पन्न महिला र पुरुषको डबल तर्फ विभागिय टोली नेपाल आर्मीले दुई स्वर्ण जितिसकेको छ । महिला र पुरुषको फरक फरक ३ वटा विधामा प्रतियोगिता हुने सेपाकताक्रो खेलमा प्रदेश नं १, वाग्मती, गण्डकी, लुम्बिनी , कर्णाली, सुदुरपश्चिम र नेपाली सेनाका ९८ खेलाडीले भाग लिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close