महिला भलिवलः एपीएफ, पुलिस, बागमति र गण्डकी अन्तिम चारमा

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदुरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोागितामा एपीएफ, पुलिस, बागमति प्रदेश र गण्डकी प्रदेश सेमिफाईनलमा प्रवेश गरेका छन् ।

सोमबार भएका चार क्वाटरफाईनलमा एपीएफले लुम्वीनी प्रदेशलाई, बागमतिले सुदुरपश्चिम प्रदेशलाई, पुलिसले आर्मीलाई र गण्डकी प्रदेशले प्रदेश १ लाई पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । सेमीफाइनलमा बागमतीले विभागिय टिम एपीएफको सामना गर्नेछ भने नेपाल पुलिस क्लव घरेलु टोली गण्डकी प्रदेश संग भिड्ने संयोजक याम बहादुर गुरुङले जानकारी दिए ।

सोमबार भएको पहिलो खेलमा एपीएफले २५–१५, २५–१८, २५–१० को सेटमा लुम्वीनी प्रदेश माथि सोझो सेटको जित निकालेको थियो । बागमतीले २५–१२, २५–१५ र २५–२३ को सेटमा सुदुरपश्चिम माथि जित निकालेको थियो ।

भलिवलप्रेमी दर्शकको भिडमा तेस्रो क्वाटरफाईनलमा नेपाल पुलिस क्लव र नेपाल आर्मीविच कडा प्रतिस्पर्धा भएको थियो । नेपाल पुलिस क्लबले अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३–२ को सेटमा पराजित गरेको थियो । पुलिसले र आर्मी मािथ जित निकाल्दा २५–१३, २५–२०, २३–२५ र पाँचौ तथा निर्णायक सेटमो १५–१३ ले पुलिसले जितेको थियो ।

त्यस्तै गण्डकी प्रदेशले २५–१०, २५–१० र २५– १७ को सेटमा प्रदेश १ माथि जित निकालेको थियो ।

प्रतियोगितामा वुमन अफ द म्याच एपीएफकी आरती सुवेदी, नेपाल पुलिस क्लवकी टिम क्याप्टेन कमला पुन र प्रदेश १ की पुर्णीमा राई भएका छन् । सेमिफाईनल खेल मंगलबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close