महिला फुटबलमा एपिएफ संग गण्डकी पराजित

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबार सम्पन्न खेलमा एपिएफ क्लब विजयी भएको छ ।

एपिएफले आयोजक गण्डकी प्रदेशलाई ५–० को गोल अन्तरले पराजित गर्र्दै जित निकालेकोे हो ।

खेलको दोस्रो मिनेटमा एपिएफकी रञ्जना दर्जीले पेनाल्टी मार्फत पहिलो गोल गर्दै टीमलाई अग्रता दिलाएकी थिइन । खेलको छैठौ औँ मिनेटमा अनिता केसीले आफ्नो टीमको लागि गोल संख्या दोब्बर पारिन । खेलको ३७ औँ मिनेटमा सरु लिम्बुले तेस्रोे गोल गरिन ।

खेलकोे ८३ औँ मिनेटमा पुनः रञ्जना दर्जीले व्यातिmगत दोस्रो गोल गर्दे टीमको लागि चौथो गोल गरिन । खेलको ८८ औँ मिनेटमा अनिता बस्नेतले पाँचौ गोल थपिन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close