डिस्कस थ्रोमा आर्मी र लुम्बिनीलाई स्वर्ण

पोखरा स्पोर्टस । एथलेटिक्स डिस्कस थ्रो इभेन्टमा त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्र्रदेशले स्वर्ण पदक जितेका छन् । इभेन्टको पुरुषतर्फ आर्मीका चित्रबहादुर वली र लुम्बिनीका संगीता अधिकारीले स्वर्ण पदक जितेका हुन् ।

वलीले ३८.४८ मिटर र अधिकारीले ३५.१० मिटर थ्रो गर्दै स्वर्ण जितेका छन् । पुरुषतर्फ नेपाल पुलिसका पुस्कल खड्काले रजत र सुदूरपश्चिम प्रदेशका हेमन्त पालले काँस्य पदक जिते । खड्काले ३१.७५ मिटर र पालले ३१.१० मिटर थ्रो गरे ।

महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफकी जीतकुमारी महतोले रजत जितिन् । उनले ३३.६० मिटर थ्रो गरिन् । त्रिभुवन आर्मी क्लबकी मिलन बुढामगरले ३२.३५ मिटर थ्रो गर्दै काँस्य पदक जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close