टेबल टेनिस : पुलिसका विनेश एक्लैले जिते तिन स्वर्ण

पाँच स्वर्णमध्ये ४ नेपाल प्रहरी र १ स्वर्ण सशस्त्र प्रहरीलाई

पोखरा स्पोर्टस । सोमबारसम्म टेबलटेनिस प्रतियोगिताका पाँचवटा इभेन्ट सम्पन्न भएका छन् ।

नेपाल पुलिसका बिनेश खनिया एक्लैले तिन स्वर्ण हात पारेका छन् । उनले पुरुष डबल्स, मिक्स डबल्स र टिम इभेन्टमा तिन स्वर्ण पदक जितेका हुन् ।

जसमध्ये ४ वटा इभेन्टको स्वर्ण नेपाल प्रहरीले र एउटा इभेन्ट्सको स्वर्ण शसस्त्र प्रहरीले पाउन सफल भएको छ । सोमबारसम्म सम्पन्न प्रतियोगिता अन्तर्गत पुरुष टिम, महिला टिम, पुुरुष डबल्स र मिक्स डबल्स गरी ४ वटा इभेन्टसका स्वर्ण पदक नेपाल प्रहरीले र महिला डबल्सको स्वर्ण पदक शसस्त्र प्रहरीले जितेको हो ।

सोमबार बिहान सम्पन्न पुुरुष डबल्स इभेन्टमा नेपाल पुलिस क्लवले ३­१, ११–८, ११–५, ११–१३, ११–६ को ३–१ को सेटले शसस्त्र प्रहरीलाई पराजित गर्दै स्वर्ण पदक हात पार्न सफल भएको थियो ।

यसैगरी प्रतियोगितामा सहभागी ११ टिममध्ये शसस्त्र प्रहरीले २ रजत, नेपाल प्रहरी, नेपाली सेना र बागमती प्रदेशले १÷१ रजत हात पारेका छन् भने काँस्य पदकतर्फ बागमती प्रदेशले २, एनआरएनएले २, प्रदेश नं १ ले २, आर्मीले २, नेपाल पुलिलले १ र गण्डकी प्रदेशले १ काँस्य पदक हात पार्न सफल भएका छन् ।

स्वर्ण पदक पाउन सफल नेपाल प्रहरीको खेलाडीहरुमा पुुरुष टिम इभेन्टतर्फ सन्तोष श्रेष्ठ, विनेश खनियाँ, संयोग कपाली, विपुल महर्जन र प्रदीप रोका रहेका छन् । महिला टिम इभेन्टतर्फ नविता श्रेष्ठ, एलिना महर्जन, मन्जु सुवल, यस्वसी अवल, शुभाश्री श्रेष्ठ रहेका छन् । पुरुष डबल्सतर्फ सन्तु श्रेष्ठ र विनेश खनियाँ, मिक्स डबल्सतर्फ विनेश खनियाँ र एलिना महर्जन रहेका थिए । महिला डबल्स इभेन्टतर्फ शसस्त्र प्रहरीलाई स्वर्ण पदक दिलाउन सफल खेलाडीहरुमा सिक्का सुवाल र वियन्का राई रहेका छन् ।

विजयी टिम र खेलाडीलाई तालिम तथा प्रशिक्षण विभाग निर्देशक प्रचण्ड शर्मा, प्रशासन विभागीय प्रमुख मधुसुदन बस्नेत, नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तेज गुरुङ, एनआरएनका मध्यपूर्व संयोजक मनोजकुमार श्रेष्ठ र कोल्मा बहाकोट तमु समाजका अध्यक्ष सुवेदार लालबहादुर गुरुङले मेडल तथा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगिता अन्तर्गत बाँकी रहेका दुई इभेन्टस महिला सिंगल्स र पुरुष सिंगल्सतर्फका खेल सोमबारदेखि पोखराको रामबजारस्थित कोल्मा बहाकोट तमु समाज घरमा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close