निसिमको निधनमा प्रदेश खेलकुद गण्डकीद्वारा दुःख व्यक्त

पोखरा स्पोर्टस । प्याराग्लाइडिङ खेलाडी निसिम थापा मगरको निधनमा प्रदेश खेलकुद परिषद गण्डकीले दुःख व्यक्त गरेको छ ।

नेपाल आर्मीका खेलाडी २६ वर्षिय निसिमको आइतबार प्रतिस्पर्धाका क्रममा निधन भएको थियो । प्रदेश खेलकुदका उपाध्यक्ष धोज कुमार गुरुङ र कावा सदस्य सचिव घनश्याम पौडेलले संयूक्त प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश खेलकुद मर्माहत एवं स्तव्ध भएको जनाएका छन् ।

विज्ञप्तीमा भनिएको छ–“नेपाली सेनाको टिमबाट सहभागि गोरखा पालुङटार निवासी खेलाडी निसिम थापा मगरको अकल्पनिय असमायिक उक्त घटनाबाट हामी ज्यादै दुःखी छौं ।” निधन भएका निसिम दिवंगत आत्माको चिर शान्तीको कामनाका साथै श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close