
पोखरा स्पोर्टस । अष्ट्रेलियाको सिड्नीमा एक नेपाली युवाले कराते च्याम्पियनसिप जितेका छन् ।
सबिनले गार्सिया जेम्सलाई जितेर पहिलो पदक जितेका हुन् । पोखरा रंगशालामा बलराम सुवेदी र नारजहरि खड्कासँग तालिम लिइरहेका सबिन नेपालका फुल कन्ट्याक्ट कराते र केन्पो काईका राष्ट्रिय खेलाडी समेत् हुन्।
सविन सिड्नीको ग्लेनमोर रोड पब्लिक स्कूलको ट्राइफु डोजोका प्रशिक्षक पनि हुन् । सबिनको तौल मात्र ६९ केजी छ तर उनले ११५ केजीको ब्ल्याकबेल्ट जिते ।
