हाइजम्पमा आर्मीका सुर्यलाई स्वर्ण

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्स पुरुष हाइजम्पमा त्रिभुवन आर्मी क्लबका सुर्यबहादुर खत्रीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा आइतबार भएको खेलमा सुर्यले हाइजम्पमा १.९० मिटर उचाई जम्प गर्दै स्वर्ण पदक जितेका हुन् ।

बागमती प्रदेशका निकेश महतोले १.७५ मिटर उचाई जम्प गर्दै रजत पदक र नेपाल पुलिसका रोशन दनुवारले १.७५ मिटर उचाई जम्प गर्दै कास्य पदक हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close