
पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटका खेलहरु चलिरहेका छन् । महिला क्रिकेटमा आइतबारको दोस्रो खेलमा बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल जारी छ ।

सो खेल सुरु हुनुअघि शताब्दी पुरुष सत्यमोहन जोशीको निधनसँगै उनको सम्झनामा खेलअघि खेलाडी तथा अफिसियलले १ मिनेट मौनधारण गरेका हुन् । साथै बागमती प्रदेशका खेलाडीहरुले कालो पट्टि बाँधेर खेलिरहेका छन् ।
शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा आइतबार निधन भएको हो । ललितपुरको ग्वार्काेस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको हो ।
बागमती र मधेशबीच विजेता हुने टिम सेमिफाइनलमा प्रवेश गर्नेछ । महिला क्रिकेटमा आइतबार भएको पहिलो खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई हराउदैँ सेमिफाइनलमा प्रवेश गरेको छ । पराजित भएको सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।
