टेवल टेनिस टिम ईभेन्टमा पुलिस क्लवलाई २ गोल्ड मेडल

पोखरा स्पोर्टस । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद टेबुल टेनिस प्रतियोगितामा नेपाल पुलिस क्लवले दुई गोल्ड मेडल हात पारेको छ ।

शनिबारदेखि पोखराको कोल्मा बहाकोट तमु समाजमा सु्रु भएको प्रतियोगितामा वुमन्स टिम ईभेन्ट तथा मेन्स टिम इभेन्ट तर्फ नेपाल पुलिस क्लवले गोल्ड मेडल हात पारेको हो । वुमन्स टिम ईभेन्टमा नेपाल पुलिस क्लवले नेपाल शसस्त्र प्रहरी बललाई ३­ २, ३ –१, ० –३, ३ –१ को ३­ १ ले पराजित गर्दै गोल्ड मेडल हात पार्न सफल भएको हो ।

यसैगरी मेन्स टिम ईभेन्ट तर्फ नेपाल पुलिस क्लवले बाग्मति प्रदेशलाई ३ –० ३ –० ३­ १ को ३­ ० ले पराजित गर्दै गोल्ड मेडल प्राप्त गर्न सफल भएको हो । शनिबार सम्पन्न टिम ईभेन्टमा वुमन तर्फ नेपाल शसस्त्र प्रहरी बलले रजत पदक प्राप्त गरे भने बाग्मति प्रदेश र त्रिभुवन आर्मी क्लवले कास्य पदक हात पारेका छन् ।

यस्तै मेन्स टिम इभेन्ट तर्फ बाग्मति प्रदेशले रजत पदक हात पारे भने एनआरएन ए र प्रदेश नं १ ले कास्य पदकमा चित्त बुझाउनु पर्यो ।

प्रतियोगितामा वुमन्स टिम ईभेन्ट तर्फ नेपाल शसस्त्र प्रहरी बलले त्रिभुवन आर्मी क्लवलाई ३–०, ३–०, ३–१ को ३–० ले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए भने नेपाल पुलिस क्लवले बाग्मति प्रदेशलाई ३­०,३–१,३–० को ३–० ले पराजित गर्दै फाईनलको यात्रा तय गरेका थिए ।

यसैगरी मेन्स टिम ईभेन्ट तर्फ नेपाल पुलिस क्लवले एनआरएन ए लाई ०–३,३–०,३–०,३–० को ३–१ ले पराजित गर्दै फाईनलको बाटो तय गरेका थिए भने बाग्मति प्रदेशले १–३,३९०,३–०,३–०,३–१ को ३–२ ले पराजित गर्दै फाईनलमा प्रवेश गरेका थिए ।

भोली आईतबार मिक्स डबलका साथै मेन्स र वुमन्स डबल खेल हुने राष्ट्रिय टेवल टेनिस खेलका कोर्डिनेटर सन्तोष चापाँगाईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close