एफआईएमा नयाँ अध्यक्ष, नेपालका भट्टराई वर्ल्ड काउन्सिलमा निर्वाचित

पोखरा स्पोर्टस । स्पोर्टस र मोविलिटीका लागि विश्वकै एकमात्र अटोमोवाइल संगठन फेडेरेसन इन्टरनेसनल डे अटोमोवाइल -(एफआईए) साधारण सभा तथा निर्वाचन यसै हप्ता फ्रान्सको राजधानी पेरिसमा सम्पन्न भएको छ।
निर्वाचनमा युनाइटेड अरब इमिरेट्सका मोहमद विन सुलेयाम अध्यक्षमा निर्वाचित भएका छन् । यस संगै नेपालका गोविन्द भट्टराई उक्त संगठनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन्। उनी निर्वाचित भए संगै नेपाल पहिलो पटक एफएआइको वर्ल्ड काउन्सिलमा स्थान बनाएको छ । उनले एफएआईको रिजन २ बाट प्रतिनिधित्व गरेका थिए ।

वर्ल्ड काउन्सिलमा आफ्नो उपस्थितीले नेपालको मोटर स्पोर्टस लगायतका क्षेत्रमा नयाँ फड्को मार्ने भट्टराईले पोखरा स्पोर्टसलाई बताए । उनले भने–“यो नयाँ अवसर हो, हामी यो कार्यकालमा कति काम गर्न सक्छौं त्यसले नेपालले कसरी फाइदा लिन सक्छ भन्ने कुरामा अभियानका रुपमा अघि बढ्छु ।”

एफआईएमा लगातार १२ वर्ष चमत्कारिक नेतृत्व गरेका जिन टोटको विदाइले मात्र होइन, पहिलो पटक युरोप भर्सेस एसिया जस्तो बनेको अध्यक्षका उम्मेदवारीले पनि यस पटकको साधारण सभा विशेष रहेको थियो । विश्वका १५० भन्दा धेरै देशमा र करोडौं सदस्य रहेको राष्ट्रिय संघहरुको विश्वको अग्रणी मोटरिङ्ग संस्था जसले मुलत् मोटर स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी एण्ड ड्राइभ टुरिजम, रोड सेफ्टी एण्ड सस्टेनेबिलिटि, ई भेहिकल तथा इनोभेसनमा विश्वब्यापी तालिम तथा लबिङ्गको कार्य गर्दछ ।

सन् १९०४ मा स्थापित भएको एफआईएमा हाल एएसएन, एसीएन र एसोसिएसन गरी तीन किसिमका सदस्यहरु क्रियाशील छन् । नेपालको तर्फबाट नासा नेपाल एएसएन र एसीएन दुवै प्रकारको राष्ट्रिय संघ हो जो एक दशक देखि नेपाली अटोमोवाइलको क्षेत्रमा क्रियाशील छ । गत डिसेम्बर १७ मा पेरिसबाट र विश्वभरि बाटै निर्वाचन हुने एफआईए को तालिका रहेको थियो।

प्रत्येक ४ वर्षको लागि कार्यकाल रहेको एफआईए वर्ल्ड काउन्सिलको लागि यस वर्ष निर्वाचन समेत भयो। निर्वाचनमा मोटर स्पोर्ट्स, मोबिलिटी र टुरिजम, रोड सेफ्टी, गाडी निर्माताहरु फर्मुला वान र अन्य इभेन्ट, ड्राइभरहरु, इभेन्ट अर्गनाइजर, नागरिक संगठन, महिला र अपाङ्ग क्षेत्र, आईएनजीओ र वातावरण लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु उम्मेद्वार रहेका थिए। एफआईएका महादेशीय संगठनहरु, विषयगत संस्थाहरु तथा रणनीतिक साझेदारहरु गरी ३ किसिमका संघ/महासंघहरु रहेका छन् भने प्रत्येक देशमा एउटादेखि पाँचवटा राष्ट्रिय संघहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close