महिला फुटबल : प्रदेश नम्बर–१ द्वारा घरेलु टोली गण्डकी पराजित

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला फुटबल प्रतियोगिताको दास्रो खेलमा प्रदेश नम्बर १ बिजयी भएको छ ।

स्याङ्जाको वालिङमा भएको खेलमा प्रदेश नम्बर १ ले घरेलु टोली गण्डकी प्रदेशलाई २–१ गोल अन्तरले पराजित गर्र्दै जित हात पारेकोे हो ।

शनिबारको खेलमा अन्जना थुलुङ राईले ३६ औँ मिनेटमा गोल गर्दै प्रदेश नम्बर १ लाई अग्रता दिलाईन् । दोस्रो हाफको ६३ औँ मिनेटमा प्रदेश १ की नै अनिता गुरुङले थप १ गोल गर्दै प्रदेश नम्बर १ लाई जित नजिक पु¥याईन् ।

खेलको उत्तरार्धको ८१ औँ मिनेटमा गण्डकी प्रदेशकी शान्ति नेपालीले गण्डकी प्रदेशको तर्फबाट सान्त्वना गोल गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close