महिला बास्केटबलः प्रदेश–१ विरूद्ध बागमतीको जित

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला बास्केटबल प्रतियोगितामा प्रदेश–१ विरुद्ध बागमती प्रदेशले जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा प्रदेश–१ लाई ७५–२४ को अन्तरमा बागमतीले जित हासिल गरेको हो ।

प्रतियोगिताको पहिलो चरणमा बागमतीले १७–६ को अन्तर बनाएको थियो । दोस्रो चरणमा प्रदेश–१ ले कमजोरी खेल प्रदर्शन पुनः बागमती प्रदेशले २३–३ को फराकिलो अन्तर बनायो । त्यसपछिको तेस्रो र चौथो चरणमा पनि बागमतीले क्रममा : २२–८ र १३–९ को अन्तर बनायो ।

प्रतियोगितामा बागमती प्रदेशलाई जित हासिल गराउन विना मणि योञ्जनले १३ अंक जोडेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close