नवौं राष्ट्रिय खेलकुद : एथलेटिक्सका ईभेण्ट शनिवारदेखि

पोखरा स्पोर्टस । गण्डकी प्रदेशमा भईरहेको नवौं राष्ट्रिय खेलकुद अन्तरगत एथलेटिक्स ट्रयाक एण्ड फिल्डका विभिन्न ईभेण्टहरु शनिवारदेखि हुने भएका छन् ।

पोखरा रंगशालामा शनिवार विहान, १ सय मिटर महिला/पुरुष हिट, १ हजार मिटर महिला फाईनल, १५ सय मिटर महिला/पुरुष फाईनल, ४ सय मिटर महिला/पुरुष हिट, १ सय मिटर महिला/पुरुष फाईनल र सटपुट महिला/पुरुष हिट फाईनल हुनेछन् ।

एथलेटिक्समा सात प्रदेश, तीन विभागीय टीम र एक एन.आर.एन.ए गरी ११ वटा टिमका खेलाडीले भाग लिने एथलेटिक्स संघका केन्द्रिय सदस्य गजबहादुर गुरुङले जानकारी दिए । यो प्रतियोगितामा ती टिमका २ सय ३८ जना खेलाडी सहभागी हुनेछन् । खेलाडीका साथै प्रत्येक टिमबाट दुईजना प्रशिक्षक र दुई जना अफिसियल पनि सहभागी छन् ।

प्रतियोगितामा ट्रयाक अन्तरगत १ सय, २ सय, ४ सय ८ सय १५ सय ५ हजार र १० हजार मिटर दौड, १ सय मिटर हडल्स, ४ सय मिटर  रिले दौडका साथै म्याराथन ईभेण्ट समावेश गरिएको छ ।

फिल्ड अन्तरगत लङजम्प, हाई जम्प, ट्रिपल जम्प, सटपुट, ज्याभलिन थ्रो, डिष्कस थ्रोमा खेलाडीहरुले प्रतिष्पर्धा गर्नेछन् ।

प्रतियोगितामा महिला र पुरुष खेलाडी सहभागी हुनेछन् । महिलाका अलावा पुरुष खेलाडीले ३ हजार मिटर स्टिपल चेस अतिरिक्त ईभेण्ट समावेश गरिएको छ । यो प्रतियोगिता ३५ स्वर्ण, ३५ रजत र ३५ कास्य पदकका लागि हुनेछ । एथलेटिक्समा प्रत्येक प्रदेशबाट १८ जना महिला र २० जना पुरुष सहभागी रहेका छन् ।

यो प्रतियोगितामा गण्डकी प्रदेशको तर्फबाट मनिषा अधिकारी पनि सहभागी छिन् । उनले सन् २०१० मा भियतनाममा भएको जुनियर एसियन प्रतियोगितामा सहभागिता जनाएकी थिईन् । यसैगरी सोही वर्ष सिंगापुरमा भएको जुनियर ओलम्पिक पनि खेलेकी थिईन् भने, २००९ मा सिंगापुरमै भएको जुनियर एसियन प्रतियोगितामा पनि सहभागिता जनाएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close