नवौं राष्ट्रिय खेलकुद: शारिरीक सुगठन आईतबारदेखि सुरु हुने

पोखरा स्पोर्टस । नवौं राष्ट्रिय खेलकुद अन्तरगत शारिरीक सुगठन प्रतियोगिता आईतबारदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिका अनुसार शारिरीक सुगठनका लागि शनिबारदेखि सोमबारसम्म समय तोकिएको छ । शनिबार सहभागी खेलाडीहरुको तौल नाप्ने काम हुने राखेपका शारिरीक सुगठन प्रमुख प्रशिक्षक राजेन्द्र तुलाधरले जानकारी दिए ।

खेलमा एआरएनएबाहेक सात प्रदेश र ३ विभागका खेलाडी भाग लिनेछन् । प्रतियोगिताका लागि सहभागी हुने पुरुष करिब १ सय २० र महिला २२ जनाको तौल लिने काम शनिबार सकेर आईतबारदेखि खेल सुरु गर्ने तुलाधरले जानकारी दिए ।

उनका अनुसार प्रदेश १, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाउनेछन् । उनीहरुले पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलाग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा गर्नेछन् । महिलाहरुले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने तुलाधारले बताए ।

शारिरीक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close