
पोखरा स्पोर्टस । नेपाल खेकलुद महासंघ पोखरा महानगर कमिटिद्वारा पोखरा रंगशालामा बृक्षारोण कार्यक्रम गरेको छ ।

महासंघले शुक्रबार रंगशालामा विभिन्न थरिका ३० वटा विभिन्न जातका विरुवा रोपेको हो । गण्डकी प्रदेश सांसद प्रभा कोइरालाले विरुवा रोपेर सुरुवात गरेकी थिइन । वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै खेलकुदले मानिसलाई स्वस्थ बनाउने मात्रै नभई वातावरण संरक्षणका लागि समेत महत्वपूर्ण हुने सांसद कोइरालाले बताइन ।
कार्यक्रममा नेपाल खेलकुद महासंघका उपाध्यक्ष ओमकृष्ण प्रसाईले पर्यावरण र वातावरण जोगाउन बृक्षारोपणले भुमिका खेल्ने बताइन । राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश कुमार गुरुङले खेलकुदको विकासका लागि पोखरा रंगशालामा महासंघले वृक्षारोपण गरेर महत्वपूर्ण कार्य गरेको बताउँदै खेलकुद विकासका लागि राम्रा व्यक्तिहरुको आवश्यक्ता रहने बताए ।
खेलकुद महासंघ महानगर कमिटिका संयोजक खगेन्द्र क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका महासंघ इन्चार्ज रामचन्द्र थापा, कास्की इन्चार्ज राजन सुवेदी लगायतले आफ्ना धारणा राखेका थिए । सो अवसरमा नेपाल खेलकुद महासंघका केन्द्रिय उपमहासचिव शान्ता माया परियार, प्रदेश खेलकुद परिषद् सदस्य सचिव तेजबहादुर गुरुङ, नेपाल युवा संघ केन्द्रीय सदस्य विष्णु पुन, प्रदेश खेलुकद परिषद् कार्यकारी सदस्य दीलबहादुुर गुरुङ, पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुभाष खड्का लगायतको सहभागिता रहेको थियो ।
खेलकुद महासंघ महानगरले पोखरा रंगशालामा प्रशिक्षणरत हक्की खेलाडीलाई २० कार्टुन पिउने पानी उपलव्ध गराएको छ । नेपाल खेलकुद महासंघ महानगरले शनिवार खेलकुद महासंघ पोखरा महानगर कमिटीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।
