नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पुर्ण तयारी पुरा

पोखरा स्पोर्टस । नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को सम्पुर्ण तयारी पुरा भएको छ । औपचारिक रुपमा शुक्रबारबाट पोखराको रंगशालामा सुरु हुन लागेको उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको विहीबार आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको हो ।

उद्घाटन समारोहमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरुबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजी सहित विविध मनोरन्जनात्मक कार्यक्रमहरु प्रदर्शन हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागि ११ टिमहरुको मस्कट सहित मार्च पास, इन्दिरा जोशी र काली प्रसाद अधिकारी साथमा प्रस्तुती तथा विवोइङ प्रदर्शन हुने छ भने साँझ आतिशवाजी गरिनेछ ।

कार्यक्रम साँझ ४ बजे उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने छन् भने सातौं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदकधारी तथा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक टर्च प्रज्वलन् गर्ने छन् ।

२८ गते औपचारिक रुपमा उद्घाटन हुने भए पनि प्रतियोगिता अन्तर्गत केही खेलहरु भने जारी रहेका छन् । कुल ४ सय ४ स्वर्ण पदकका लागि प्रतिष्पर्धा हुने प्रतियोगितामा हालसम्म बागमती प्रदेश ४ स्वर्ण १ रजत, आर्मी ३ स्वर्ण, ३ रजत ६ काश्य, एपिएफ क्लव २ स्वर्ण ३ रजत र ६ काश्य, सुदुर पश्चिम १ स्वर्ण र ३ काश्य, नेपाल पुलिस १ स्वर्ण, प्रदेश १ ३ काश्य र गण्डकी प्रदेश २ काश्य प्राप्त गरेको छ । असोज २३ गते बाट महिला क्रिकेट खेल तथा असोज २४ बाट महिला तथा पुरुष ह्याण्डबल र फेन्सिङ खेल जारी रहेको छ । प्रतियोगितामा ६ हजार १ सय ५६ खेलाडीको सहभागि रहेको छ ।

राखेपले कास्की बाहेकका जिल्लामा सुरु भएका खेलका सहभागी टोली सम्बन्धित जिल्लामा पुगिसकेको जनाएको छ । तेक्वान्दो र महिला भलिबल म्याग्दीमा र बुद्धिचाल गोरखामा बिहीबार सुरु भएको छ । सहभागी सबै खेलाडीलाई खेल पोशाक सहितको किट्स उपलब्ध गराइएको राखेपले जनाएको छ । खेलाडी तथा अफिसियलहरुको बसोबाससहित होटलबाट खेलस्थल आउने जानेको यातायात व्यवस्थापन पनि गरिएको बताइएको छ ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको नतिजाहरुः वेवसाइट, एप्स, फेसबुक पेज, टुइटरमार्फत हेर्न सकिने आयोजकले जनाएको छ । साथै नेपाल टेलिभिजनबाट उद्घाटन तथा समापन समारोह तथा टिम गेमको सेमीफाइनल र फाइनल खेलहरु प्रत्यक्ष प्रशारण हुने राखेपले जनाएको छ ।

सो अवसरमा वोल्दै राखेप सदस्य सचिव घिसिङले प्रतियोगितालाई सफल बनाउन आग्रह गर्दै भने–“नयाँ जोश र जाँगरका साथ खेलाडीहरु मैदानमा उत्रिदैं छन् । उनीहरु यो खेलका लागि सेलीव्रेटीहरु हुन् । उनीहरुको सफलतामा नै यो प्रतियोगिता जोडिएको छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close