पुरुष हक्की : उद्घाटन खेलमा आर्मी संग घरेलु टिम गण्डकी पराजित

पोखरा स्पोर्टस । नवौंं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरा–२५ हेमजास्थित गौरीशंकर खेल मैदानमा पुरुष हक्की  उद्घाटन खेलमा आर्मी संग घरेलु टिम गण्डकी पराजित भएको छ ।

प्रतियोगिताको उदघाटनको पहिलो खेलमा त्रिभुवन आमीले गण्डकी प्रदेशलाई ४–० गोल अन्तरले पराजित गरेको हो । खेलको ९ औं मिनेटमा आर्मीका लागि राजेन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाए । २८ औं मिनेटमा कार्कीले दोस्रो थप्दै अग्रता दोब्बर बनाएका हुन् ।

त्यसैगरि ३७ औं मिनेटमा प्रदीप राजवंशीले गोल गरेका थिए । खेलको ४२ औं मिनेटमा रोमन रानाले गोल गर्दै आर्मीलाई फराकिलो जित दिलाएका थिए । मैदान ढिलो तयार हुदाँ प्रतियोगिताको उदघाटन पनि ढिला गरि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गरेका थिए ।

प्रतियोगिताको उद्धघाटन गर्दै मन्त्री गहतराजले खेलकुद विकासका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । खेल क्षेत्रको समस्या पहिचान गरि यसलाई विकास गर्नको लागि अहिलेको सरकारले देशका विभिन्न स्थानमा भौतिक पुर्वाधार निर्माण गर्ने कार्य सुरुवात गरेको छ,” उनले भने, “खेलाडीको मनोवल उच्च राख्नको लागि सरकारले विभिन्न योजनाहरु बनाएको छ, विगतको जस्तो निराश हुने अवस्था छैन ।”

उनले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा आयोजना हुनु नै यहाँको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै खेलाडीलाई जितको शुभकामना दिएका थिए ।

प्रतियोगिताको उद्धघाटन खेलमा सुदुरपश्चिम प्रदेश र प्रदेश नं. १ विच प्रतिस्पर्धा हुने खेल तालिका भएपनि कार्यक्रम ढिला सुरु भएकोले तेस्रो खेल अन्तर्गत गण्डकी र आर्मीविच खेल भएको नेपाल हक्की संघका उपाध्यक्ष हिमाल खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close